कोरोनाको असर : ५४१ खेल प्रभावित, ४.३३ बिलियन डलर घाटा

 चैत ७, २०७६ शुक्रबार १६:२६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसका कारण विश्व खेलकुद ठप्प भएको छ । 

यूरोपका शीर्ष ५ लिगहरु स्थगित गरिएका छन् भने यूरोकप, कोपा अमेरिका, च्याम्पियन्स लिग लगायतका गरी ५ सय ४१ खेल प्रभावित भएका छन् । यूरोपियन यूनियन अफ फुटबल संघले जुन ३० तारिखसम्म यूरोपियन क्लब फुटबल प्रतियोगिता सक्नुपर्ने बताएको छ । 

कोरोनाका कारण खेलकुद गतिविधि रोकिँदा आर्थिक संरचनामा असर परेको छ । खेल नहुँदा लिगको ४ दशमलव ३३ बिलियन अमेरिकी डलर नोक्सान हुने भएकाे छ।

क्लबद्वारा खेलाडीकाे तलब कटाैती 

कोरोनाका कारण नियमित फुटबल गतिविधि नभएपछि स्कटल्याण्डका फुटबल क्लबले आफ्ना खेलाडीको तलब आधा घटाएका छन् । स्कटल्याण्ड ब्रिटेनमा खेलाडीको तलब कटौती गर्ने पहिलो लिग बनेको छ ।

प्रिमियर लिगले दियो करोडौँको राहत प्याकेज

कोरोनाका कारण लिग स्थगित भएपछि इंग्लिस फुटबल लिगले चार सय ३२ करोडको राहत प्याकेजको घोषणा गरेको छ । 

याे रकम साना क्लबलाई दिइने भएकाे छ । ईएफएलको बैठकले प्याकेजको घोषणा गरेको हो । प्रिमियर लिग खेल्ने क्लबभन्दा तल्लो डिभिजनका क्लबहरुको बढी आम्दानी हुने गर्छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया