पैसाबाट काेराेना सर्ने भन्दै विद्युतीय कारोबार मात्र गर्न बैंककाे सुझाव

 चैत ७, २०७६ शुक्रबार १५:९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बैंक तथा वित्तीय संस्थाले नोटबाट कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै बैंकिङ कारोबार गर्दा कार्ड तथा विद्युतीय माध्यमबाट मात्र कारोबार गर्न आग्रह गरेका छन् । 

नोटको प्रयोग गर्दा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण फैलने डर भएकाले विद्युतीय कारोबार प्रणाली अपनाउन आग्रह गरिएको हो । 

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसाेसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले शुक्रबार विज्ञप्ति निकालेर अति-आवश्यक अवस्थामा बाहेक बैंकका शाखाहरुमा गएर भिडभाड नगर्न आग्रह गरेका छन् । 

इन्टरनेट, मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा कुनै शुल्क नलाग्ने बैंक तथा वित्तीय संस्थाले जनाएका छन् । अर्को सूचना प्रकाशित नभएसम्मका लागि एउटा बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्रकाे अरु कुनै संस्थामा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ । 

ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अरु प्राविधिक समस्या भएमा सम्बन्धित शाखामा सम्पर्क गरी समाधान गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया