थाहा पाउनुहोस्, आजदेखि कुन कुन देशबाट नेपाल आउन पाइँदैन

 चैत ७, २०७६ शुक्रबार १७:४:३ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले शुक्रबार रातिदेखि कोरोना सङ्क्रमित खाडीका ६ देश, मलेसिया, दक्षिण कोरिया, जापान तथा यूरोपका देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । साथै यी देशमा ट्रान्जिट भएर पनि नेपाल आउन पाइने छैन । विदेशी नागरिकसँगै नेपाली नागरिक पनि यी देशबाट नेपाल आउन पाउने छैनन् । 

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले यूरोपका ४४ देश, खाडीका ६ देश, इरान, मलेसिया, दक्षिण कोरिया, टर्की र जापानका साथै यी देशमा ट्रान्जिट भएर नेपाल आउन रोक लगाएको हो । 

सरकारको यो निर्णयसँगै अब काठमाडौंसँग प्रत्यक्ष उडान भएका कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, दक्षिण कोरिया, टर्की, ओमन र जापानका उडान रोकिने छन् । त्यहाँबाट आउन नपाउने भएपछि ती देशबाट जहाज आउन पाउने छैनन् ।

यसअघि कतारले नेपालीलाई प्रवेशमा रोक लगाए पनि दोहा काठमाण्डौ उडान भइरहेको थियो । दोहा ट्रान्जिट भएर अन्य देशमा जाने र आउने यात्रुहरु पनि थिए । 
सरकारले रोक नलगाएका देश जस्तै अमेरिका, अस्टे«लिया लगायतका देशबाट आउनेले पनि कतारसहित खाडीका अरु देश र मलेसियामा ट्रान्जिट हुँदै नेपाल आउन पाउने छैनन् । 

सरकारले प्रतिबन्ध नलगाएको देशबाट भारतको नयाँ दिल्ली, सिंगापुर, हङकङ, बैंकक र चीनको ग्वाङजाउबाट भने नेपाल आउन पाइनेछ । अर्थात तपाईँ अमेरिका, अस्टे«लियाबाट चीन, बैंकक, हङ्कङ वा सिंगापुर ट्रान्जिट बनाएर नेपाल आउन पाउनुहुनेछ । 

तर प्रतिबन्धित देशमा रहेका नेपाली वा अन्य नागरिक भने यी ठाउँलाई ट्रान्जिट बनाएर पनि आउन पाउने छैनन् । 

शुक्रबार राति १२ बजेसम्म काठमाण्डौं अवतरण गरिसक्ने उडानको टिकट भएका यात्रुहरु चाहिँ प्रतिबन्ध लगाइएका देशबाट वा ट्रान्जिट हुँदै नेपाल आउन पाउनेछन् । यो प्रतिबन्ध अप्रिल १२ अर्थात आउँदो चैत ३० गतेसम्म लागू हुनेछ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

11 Comments

  • Mitra dahit

    Jan. 25, 2022, 3:09 a.m.

    यो त अति नै भयो अब हामी अफ्नो घर पनि जान न पाउने भायसी कहाँ जाने ? सरकार यो नियम तुरुन्त खारेज गर्न पर्यो बरु अरु कुनै विकल्प अपनाउन पर्यो। विदेशमा visa सकियो भने विदेशमा पनि बस्न पाइँदैन अनि नेपाल पनि जान पाइँदैन भने हामी कहाँ जाने ?

  •  0 Reply
  • राजिब

    Aug. 11, 2021, 2:23 a.m.

    आफनै देश पनि आउन नमिल्ने किन सरकार तेति ठूलो कदम चालेको हो? केही त उपाय गनुॅ पर्यो नि बिदेशमा बसेका नेपाली हरूको लागि...... बिदेशमा बसेका नेपाली हरु समस्याहरु र मर्काहरु कसरी र कल्ले समाधान गर्ने............ Embassy हरु ले कानुन मा नै ब्यबस्था छैन भनेर मद्दत नै गर्दैनन् र कानुन भन्दा हामी माथि छैन भनेर मद्दत गर्ने नामनिशान नै छैन....... Embassy ले सिधै समस्या हरु र मर्का हरु लाई कोभिद होस या सोभिद होस हामी लाई मतलब छैन त्यो तपाई को समस्या हो भनेर हामी लाई पारेको समस्या हरु र मर्का रु लाई Embassy ले reject गरि दिन्छ......... नेपाल सरकारले नेपाली लाई नेपाल आउन बाट बन्द गर्यो..... अब नेपालीहरु कहाँ जाने.......... कसैले यसबारे समाधान दिनु सक्नुहुन्छ???????????? +

  •  0 Reply
  • Biswash Rai

    May 3, 2021, 6:52 p.m.

    अब देसले रोज़गारी दिंदैन, खानको लागि विदेश जान पनि नपाउने ? कस्तो देसमा जन्मेछौँ ....

  •  0 Reply
  • सुरज श्रेष्ठ

    May 2, 2021, 8:31 p.m.

    खाडी का देश भन्नाले ?? त्यो पनि प्रष्ट पार्न पर्यो।।

  •  0 Reply
  • सुबश खद्क

    July 10, 2020, 12:45 p.m.

    हरे शिव , म रगत र पसिन बगायेको पैसाले देश चल्ने । अनि अमेरिका जस्तो देश (जहा सन्कर्मित को सन्खयाा सबैभन्दा धेरै छ ) बाट आउन पाउने खदी वाट चै नपाउने। यो विभेद किन ?

  •  0 Reply
  • Ashok rajbanshi

    June 20, 2020, 1:03 p.m.

    नेपाल देशमा जन्मेको म , कमाउन आएको विदेशमा / आफ्नो भविष्य राम्रो होला कि भनेर , तर यहाँ कोरोनाको श्राप आएकोले अब ज्यान जोगाउन घर जान परेन ??? आफ्नो भूमी जान नपाउने ?? के हामी निशुल्क आएको हो र , नेपाल सरकारलाई पालिराखेको छ, यही गरीब परदेशीहरुले यहाँ मरेर काम गर्दै ....

  •  0 Reply
  • कुण्ण प्रसाद काफ्ले

    May 28, 2020, 11:41 a.m.

    हामी युवाले बिदेश मा अाऐर देश मा रेमिट्यान्स भित्राएउ माहामिरि फैलेएकाे बेला मा अाफ्नैदेश काे सरकार ले अाफ्नाे देश स्वदेश फर्कन राेक लगायाे अब दिन मा बैदेशिक राेजगारि मा कुनै पनि युवा लाई नजानु भनेर सल्लाह दिन्छु म

  •  0 Reply
  • Sahadev tamang

    May 27, 2020, 10:47 p.m.

    हाल साउदीमा छु ठिकै छ ..नेपालमा भएपनि के खाउँ के लाउँ भन्ने हुन्थ्यो होला...जे होस् दुइ छाक ठुसेर खान पाएको छु , महिनाको १०/१२ हजार बचाएको छु ..धन्यवाद भगवान यति काविल छु हजुरको कृपाले /

  •  0 Reply
  • Ganesh bohara

    May 27, 2020, 11:38 a.m.

    आफनै देश पनि आउन नमिल्ने किन सरकार तेति ठूलो आपराध के गरेका छौ भगवान हामिले

  •  0 Reply
  • Rinku khatri

    May 17, 2020, 8:13 p.m.

    What is this nepal government my family came india for medical from where they will came if delhi is banned then kindly tell me how my family came at nepal my family is in punjab

  •  0 Reply
  • Raj kumar shrestha

    April 27, 2020, 11 a.m.

    हे नेपाल सरकार ! मलाई नेपाल आउन मन छ , छिटो भन्दा छिटो बिमानस्थल खोल्न अनुरोध गर्छु/

  •  1 Reply

तपाईको प्रतिक्रिया