पशुपतिकाे आरती बन्द हुने, पच्चीस जनाभन्दा बढी मलामी जान नपाइने

 चैत ७, २०७६ शुक्रबार १८:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - कोरोना भाइरसको जोखिम बढेपछि पशुपतिमा हुँदै आएको भजन र्कीर्तनसहितकाे आरती पनि बन्द हुने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकालका अनुसार हेरक दिन बेलुकी हुँदै आएको नियमित आरती भने यथावत रहने तर भक्तजनकाे भिडभाड हुनेगरी गरिँदै आएकाे भजन र्कीर्तन सहितकाे आरती भने अर्काे निर्णय नहुञ्जेलसम्मका लागि रोकिएकाे हाे ।

‘तीन जना पुराेहितहरुले सधैँ झै नियमित आरती गर्नुहुनेछ तर काेराेना भाइरस सङ्क्रमणकाे सतर्कताका रुपमा भिडभाड हुन नदिन सरकारले गरेकाे निर्णय अनुसार तत्कालका लागि भजन र्कीर्तनसहितकाे आरतीमा राेक लगाइएकाे हाे’, डाक्टर ढकालले भन्नुभयाे ।

यस्तै कोषले आर्यघाटमा २५ जनाभन्दा धेरै मलामी नआउन पनि आग्रह गरेको छ । भिडभाडमा सङ्क्रमणकाे खतरा रहने भन्दै सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिए अनुसार नै काेषले यस्ताे निर्णय गरेकाे बताउँदै सदस्य सचिव डाक्टर ढकाल भन्नुहुन्छ, ‘भावना, संवेग र दु:ख आफ्ना ठाउँमा छन्, तर भिडका कारण सङ्क्रमण फैलियाे भने त्यसकाे परिणाम भयावह हुनसक्छ । त्यसैले सरकारकाे निर्णय अनुसार मानिसहरुकाे भिडभाड हुनसक्ने आर्यघाट, विद्युतीय शवदाह गृह तथा किरियापुत्री भवन वरिपरी २५ जनाभन्दा बढी मानिस भेला नहुन सूचना टाँसिएकाे र सुरक्षाकर्मी पनि परिचालन गरिसकिएकाे छ ।’

सदस्य सचिव डाक्टर ढकालका अनुसार परिचालित सुरक्षाकर्मीले परिस्थितिकाे गम्भीरता हेरेर मानिसहरुलाई सम्झाउने र नमानेमा कानुन अनुसार कारबाहीसमेत गर्न सक्नेछन् ।

पशुपतिनाथकाे मन्दिरमा पनि भिड नगर्न आग्रह गरिएकाे छ ।  पशुपतिनाथकाे मन्दिरमा पनि चार जना मूल भट्टहरुले गर्ने नियमित पूजा बाहेक अन्य पूजा नहुने पनि काेषले जनाएकाे छ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया