काठमाण्डाै छाड्ने मुख्य नाकाहरुमा भिड : बाहिर जाने बढे, आउने घटे (भिडियाेसहित)

 चैत ८, २०७६ शनिबार ८:१९:३५ | उज्यालो सहकर्मी

काठमाण्डाै - काठमाण्डाै छाड्ने मुख्य नाकाहरुमा यात्रुको भिड लागेको छ ।

भक्तपुरको जगाती, काठमाण्डाैको मुड्खु, नागढुंगा र दक्षिणकाली नाका हुँदै उपत्यका छाड्नेको संख्या बढेपछि भिड भएको हो । सरकारले साेमबारदेखि लामो दूरीका गाडी चल्न नदिने निर्णय गरेकाले रातिदेखि नै गाडी निश्चित गन्तव्यका लागि छुटेका छन् ।

कोरोना भाइरसको जोखिमका कारण काठमाण्डाै छाड्नेको संख्या झनै बढेको छ भने आउनेको संख्या घटेको छ । सरकारले रुट इजाजत खुला गरेसँगै काठमाण्डाैबाहिर जाने गाडी र यात्रुको संख्या अझै बढेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गएको २० हजार १ सय ५ वटा गाडीमा १ लाख ३० हजार ८ सय २२ जना काठमाण्डाै बाहिर गएका छन् भने १४ हजार ४ सय ५७ गाडीमा ६३ हजार ३ सय ११ जना काठमाण्डू आएका छन् ।

यसअघि हिजो १८ हजार ५ सय ५४ वटा गाडीमा १ लाख ८ हजार ४ सय ५८ जनाले काठमाण्डू छाडेका थिए भने १५ हजार १ सय ४० वटा गाडीमा ८३ हजार १ सय ३९ जना काठमाण्डू आएका थिए । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया