कोरोना संक्रमण : इटलीमा एकैदिन ६ सय २७ जनाको ज्यान गयो, भारतमा संक्रमितको संख्या २ सय ४९

 चैत ८, २०७६ शनिबार ९:५४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इटलीमा २४ घण्टामा ६ सय २७ जनाको ज्यान गएको छ । योसँगै इटलीमा ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्ममा चार हजार ३२ पुगेको छ । यस्तै २४ घण्टामा पाँच हजार ९ सय ८६ जनामा संक्रमण पुष्टि भएर संक्रमितको संख्या ४७ हजार २१ जना पुगेको छ ।

यसैगरी, नेपालसँग खुल्ला सिमा रहेको देश भारतमा पनि संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा एक जनाले ज्यान गुमाएर भारतमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ भने एकै दिन ४० जनामा संक्रमित पुष्टि भएर संक्रमितको संख्या दुई सय ४९ पुगेको छ ।

भारत

भारतका २२ राज्यमा कोरोना फैलिएको छ । महाराष्ट्रका चार शहर मुम्बई, पुने, नागपुर र पिंपरी चिंचवड तथा छत्तीसगढको राजधानी रायपुरलाई भारत सरकारले लक डाउन गरेको छ । दिल्ली र उत्तर प्रदेशमा पनि सबै सपिङ मलहरु बन्द गरिएको छ ।

अमेरिका

यस्तै, अमेरिकामा पनि पछिल्लो २४ घण्टामा ५७ जनाको ज्यान गएको छ । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या शनिवार बिहानसम्ममा दुई सय ६४ पुगेको छ । अमेरिकामा संक्रमितको संख्या १९ हजार ६ सय ४० पुगेको छ । यस्तै इरानमा एकै दिनमा एक सय ४९ जनाको ज्यान गएर ज्यान गुमाउनेको संख्या एक हजार चार सय ३३ पुगेको छ ।

स्पेन

स्पेनमा पनि शनिबार बिहानसम्ममा एक हजार ९३ जनाको ज्यान गएको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा पछिल्लो एक दिनमा थप सात जनाको ज्यान गएको छ । ४१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

चीन

चीनमा अहिलेसम्म तीन हजार दुइ सय ५५ जनाको ज्यान गएको छ भने ८१ हजार आठ जना संक्रमित मध्ये ७१ हजार ७ सय ४० जना निको भएर बिरामीको संख्या ६ हजार १३ मा झरेको छ । शनिवार बिहानसम्म १ सय ८५ देश र एउटा पानीजहाजमा गरी २ लाख ७६ हजार १०४ जना संक्रमित भएकोमा ११ हजार ४०२ जनाको ज्यान गैसकेको छ ।

९१ हजार ९५२ जना उपचारपछि निको भएका अन्तराष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया