रानीमहल दरबार संचालनको जिम्मा तानसेन नगरपालिकालाई

पुरातत्व विभाग र नगरपालिकाबीच सम्झौता

 साउन ११, २०७५ शुक्रबार १०:१६:५७ | देव पचभैया
unn.prixa.net

पाल्पा – नेपालको ताजमहलको रुपमा परिचित पाल्पाको रानीमहल दरबारको संरक्षण, व्यवस्थापन र  सन्चालनको जिम्मा तानसेन नगरपालिकाले पाएको छ ।  विहीबार पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाही बीच समझदारी पत्रमा हस्ताक्षर भई विभागले नगरपालिकालाई सो जिम्मेवारी दिएको हो ।

संस्कृति, नागरिक तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा १० वर्षको लागि विभागले नगरपालिकालाई जिम्मेवारी दिएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृतनराज पौडेलले जानकारी दिनुभयो ।

विभागसँगको सम्झौतामा रानिमहलको संरक्षणमा मर्मत सम्भारका काम गर्नुका साथै नगरपालिकाले प्रवेश शुल्क लिन सक्ने जनाइएको छ । तानसेन नगरपालिका वडा नम्बर १३ मा पर्ने  ऐतिहासिक एवं पुरातात्विक महत्वको रानी महल दरबार राजा खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा निर्माण गरेका थिए ।

कालीगण्डकी नदी किनारबाटै निर्माण गरिएको रानीघाट दरबारलाई  प्रेमको प्रतिकका रुपमा समेत हेर्ने गरिन्छ । सदरमुकाम तानसेन देखि झण्डै १४ किलोमिटरको दुरीमा रहको दरबार सम्म पुग्न सरकारले बाटो मर्मत र पिच गर्ने काम समेत गरेको छ  । 
केही वर्ष अघिदेखि दरवार क्षेत्रमा होटेल तथा रिसोर्टहरु सञ्चालन भएपछि आन्तरिक र बाह्य पर्यटकहरुको संख्या बढ्दो छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया