कोरोनाको जोखिम बढेपछि राष्ट्रबैंकले विद्युतीय भुक्तानीको सीमा बढायो

 चैत ९, २०७६ आइतबार १७:१६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नोटमार्फत कारोबार गर्दा संक्रमणको जोखिम बढेपछि नेपाल राष्ट्रबैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ ।

राष्ट्रबैंकले आइतबार निर्देशनमार्फत विद्युतीय भुक्तानीको सिमा बढाएको जनाएको छ । 

राष्ट्रबैंकको निर्देशन अनुसार मोवाइल बैंकिङ वा कोडमार्फत भुक्तानी गर्दा १ दिनको सिमा १ लाख  र महिनाको सिमा १० लाख रुपैयाँ पु¥याइएको छ । यस्तै इन्टरनेट बैंकिङ (मर्चेन्ट) मार्फत एक दिनमा १० लाख र एक महिनामा ३० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ ।

यस्तै इन्टरनेट बैंकिङमार्फत अकाउन्टमा पैसा ट्रान्सफर गर्दा एक दिनमा १० लाख र एक महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ । 

यस्तै एजेन्ट वा सव एजेन्टबाट दैनिक २५ हजार र मासिक एक लाख रुपैयाँ भुक्तानी गर्न सकिनेछ । एउटा वालेटबाट अर्को वालेटमा पनि एक पटकमा २५ हजार, एक दिनमा एक लाख र  एक महिनामा पाँच लाख रुपैयाँ पठाउन सकिनेछ । यस्तै बैंक खाताबाट वालेटमा पैसा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र  एक महिनामा पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ ।

यस्तै वालेटबाट बैंकमा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने राष्ट्रबैंकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया