काेराेनाकाे उपचारमा सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाइने

 चैत ९, २०७६ आइतबार १७:५७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले कोरोना भाइरस रोकथामको विशेष तयारी र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाउने भएको छ ।

कोरोना भाइरस संक्रमित भेटिए उनीहरुको उपचारमा स्वास्थ्य मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरेकाहरुलाई खटाउने निर्णय गरेको हो । मन्त्रालयले सात वटै प्रदेश सरकारलाई पत्र लेखी सरकारी छात्रवृत्तिमा अध्ययन गरी कार्यरत मेडिकल अधिकृतहरु, वरिष्ठ चिकित्सकहरु र एमडी/एमएस अध्ययन गरेका र गरिरहेकाहरुलाई आवश्यकता अनुसार परिचालन गर्न पनि अनुरोध गरेको छ ।

डाक्टरलाई खटाएको निकायमा न्युनतम सेवा प्रवाह नरोकिने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आवश्यकता अनुसार परिचालन गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया