कैलालीमा अनिश्चितकालीन कर्फ्यु आदेश

 चैत १०, २०७६ सोमबार १४:१२:१७ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीमा सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । 

जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि कर्फ्यु जारी गर्ने निर्णय गरेको हो । अहिले विभिन्न ठाउँमा माइकिङ्ग भइरहेको छ । त्यसैगरी बिहानैदेखि कैलालीमा बजार बन्द छन् । 

निषेधाज्ञा अवधिमा भिडभाड नगर्न समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो । कैलालीमा गाडी चल्न पनि दिइएको छैन ।

कैलालीमा नाकाबाट सर्वसाधारण भित्रन सक्ने भएकाले कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया