रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न ग...
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ - कोरोना भाइरसको प्रभावले धेरै देशको व्यापारमा प्रभाव परे पनि नेपालको वैदेशिक व्यापारमा असर नपरेको देखिएको छ । फागुन महिनासम्म नेपालको वैदेशिक व्यापारमा खासै कमी आएको छैन ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका सुरुका आठ महिना अर्थात साउनदेखि फागुनसम्म ९ खर्ब ९९ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ ।
यो गएको वर्षकोभन्दा एक दशमलव ११ प्रतिशत कमी हो भने अघिल्लो महिनासम्म गएको वर्षको तुलनामा कुल वैदेशिक व्यापारमा दुई दशमलव शून्य एक प्रतिशतले कमि आएको थियो ।
यो वर्षको सुरुदेखि नै आयातमा कमि आएपनि पछिल्लो समय बढ्न थालेको छ । यो आर्थिक वर्षको सुरुको महिनामा आयात साढे ११ प्रतिशतले घटेको थियो, तर आठौं महिनामा आइपुग्दा आयातमा जम्मा दुई दशमलव ६२ प्रतिशतले कमि आएको छ ।
जबकी अघिल्लो महिनासम्म आयात तीन दशमलव ५६ प्रतिशतले घटेको थियो । फागुन महिनासम्म नेपालमा ९ खर्ब २४ अर्ब २५ करोड रुपैयाँको सामान आयात भएको छ ।
यस्तै निर्यातको दर क्रमश घट्दै गएको छ । यो आर्थिक वर्षको सुरुको महिनामा निर्यात व्यापार साढे २७ प्रतिशतले बढेकोमा अघिल्लो महिनासम्म झण्डै साढे २२ प्रतिशतमा झरेको थियो ।
आठौं महिना अर्थात फागुनसम्म आइपुग्दा निर्यातको बृद्धिदर पनि २२ दशमलव ३५ प्रतिशतमा झरेको छ । आठ महिनामा नेपालले ७४ अर्ब ९० करोड ७९ लाख रुपैयाँ वराबरको वस्तु तथा सेवा निर्यात गरेको छ ।
आठ महिनामा नेपालको कुल व्यापार घाटा पोहोरको यै अवधिको तुलनामा चार दशमलव ३४ प्रतिशतले घटेर ८ खर्ब ४९ करोड ३३ लाख रुपैयाँमा झरेको छ ।पछिल्लो ८ महिनामा १ खर्ब ४९ अर्व रुपैयाँको पेट्रोलियम पदार्थ, विटुमिन लगायत आयात भएको छ।
७८ अर्व रुपैयाँ बराबरको फलाम र स्टिल, ६६ अर्ब ४१ करोड रुपैयाँ वराबरका विद्युतीय सामग्री, २० अर्ब रुपैयाँको औषधीजन्य सामग्रीर २० अर्ब रुपैयाँको जहाज तथा पाटपुर्जा आयात भएको छ । खाद्यान्न ३७ अर्ब रुपैयाँको आयात भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।