खाद्यवस्तुका पसल निर्बाध रुपमा सञ्चालन गर्न सरकारको आग्रह

 चैत १२, २०७६ बुधबार ७:३१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । 

‘लकडाउन’को पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसल समेत बन्द देखिएपछि गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायत कारोबार गर्ने पसलहरु बन्द नहुने स्पष्ट पारेको छ । 

गृह मन्त्रालयका सहप्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘पहिलो दिन भएकाले आवश्यक वस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएको पनि देखिएका छन्।’ 

यस्तै नेपाल-भारत सीमामा अलपत्र परेकालाई प्रवेश दिइएको गृहले जनाएको छ । 

विज्ञप्तिमा ‘लकडाउन’को व्यवस्थालाई कार्यान्वयन गर्न आमनागरिकलाई आग्रह गरिएको छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Ramdhayan chaudhary

    March 26, 2020, 12:31 p.m.

    सरकारले खाद्यवस्तु किन्न पाउने भने पनि, प्रशाशनले कहीं जान आउन रोक लगाएका छन् भने, मानिसले कसरी सामान किनेर ल्याउँछ /

  •  0 Reply

तपाईको प्रतिक्रिया