सरकार भन्छ : निर्धक्कसँग सामान किनबेच गर्नू, अनलाइन डेलिभरी पनि खुला !

 चैत १३, २०७६ बिहिबार १०:१५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भिडभाड, आवागमन र व्यक्ति व्यक्तिबीचको सम्पर्कको कारण कोरोना भाइरस (कोरोना भाइरस) सर्न सक्ने भन्दै सरकारले अहिले ‘लकडाउन’ गरिरहेको छ । तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने निर्धक्क भएर खाद्यवस्तुको ओसारपसार र किचबेच गर्न आग्रह गरेको छ । 

बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको संयोजकत्वमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुरक्षा निकायका पदाधिकारी, निजी क्षेत्र सङ्गठनका पदाधिकारीलगायतको छलफलले खाद्यवस्तुको निर्वाध ढुवानी गर्न दिने निर्णय गरेको हो । बैठकले औषधिजन्य सामग्री, दुग्धजन्य वस्तु, खाद्य सामग्री, दाल, चामल, नुन तेल, तरकारीलगायतका वस्तुको निर्वाध उत्पादन र पसलसम्म पुग्ने गाडी चल्न दिने निर्णय गरेको छ । 

यस्तै यी वस्तु बेच्ने थोक तथा खुद्रा पसल खुलै राख्न पाइनेछ । इन्धनको आपूर्ति र बिक्री वितरणमा पनि रोक लगाइएको छैन । तर न्यूनतम जनशक्ति परिचालन गर्ने र भौतिक दूरी कायम राख्ने, पसलमा २५ जना भन्दा धेरै भिडभाड नगर्न÷नगराउन मन्त्रालयले अनुरोध गरेको छ । 

यस्तै नियम अनुसार दर्ता भएर अनलाइन अर्डरका आधारमा घर घरमा सामान पु¥याउने कम्पनी पनि सञ्चालन हुन पाउने भएका छन् । उनीहरुले अनलाइन अर्डरको आधारमा घर घरमा सामान पु¥याउन पाउने भएका छन् । यसको लागि प्रशासनको पास अनिवार्य चाहिने मन्त्रालयका सचिव वैकुण्ड अर्थालले जानकारी दिनुभयो । 

सरकारको यो निर्णयले त भिडभाड बढाउँदैन र ?

उज्यालोको प्रश्नमा सचिव अर्यालले भन्नुभयो, ‘पसलमा भिडभाड कम गर्नको लागि अनलाइन डेलिभरी गर्नेहरुलाई पनि खुला गर्ने भन्ने भएको छ, त्यसमामाथि खाद्यवस्तुको ढुवानी अत्यावश्यक सेवाभित्र पनि त पर्छ नि ।’ 

अन्तिम अपडेट: चैत ८, २०८०

2 Comments

  • NibuS Shakya

    March 27, 2020, 9:28 a.m.

    भनेर मात्र भयो ??? सांचै हुनुपरेन ???? अफिसमा बसेर कुरा मात्र गर्न सबले सक्छ, फिल्डमा जानेको सरकारको वाट ???

  •  0 Reply
  • लाल थापा

    March 26, 2020, 10:32 a.m.

    ग्यास को बिग बिगि हाहाकार भैसक्यो चुल्हो को समस्या कसरी समाधान गर्ने अब।

  •  0 Reply

तपाईको प्रतिक्रिया