आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित दुई जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको सरकारले जनाएको छ ।
अहिलेसम्म नेपालमा तीन जनामा कोरोना पुष्टि भएकोमा एक जना निको भएका र अरु दुई जनाको काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोेलेशनमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार मात्रै ७७ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म ६ सय ८७ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो । बाँकी ६ सय ८४ जनालाई भने कोरोना नभएको पाइएको छ ।
कोरोना भएको शङ्का लागेमा पैसा नलाग्ने फोन नम्बर १११५ मा फोन गर्न सकिनेछ । १११५ नम्बरमा बिहान ६ देखि राति १० बजेसम्म फोन गर्न सकिनेछ । यो नम्बरमा अहिले दैनिक एक हजार एक सय ५० पटकसम्म फोन आउने गरेको मन्त्रालयले जनाएको छ ।