भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याउने सेवा सुरु गर्‍यो

 चैत १४, २०७६ शुक्रबार ६:५३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भाटभटेनी सुपरमार्केटले घरमै सामान पुर्‍याउने सेवा सुरु गरेको जनाएको छ । फोन तथा सामाजिक सञ्जालमार्फत उपभोक्ताले वस्तु मगाउन सक्ने गरी होम डेलिभरी सेवा आरम्भ भएको सुपरमार्केटले जनाएको छ ।

आफूलाई आवश्यक परेको सामान अर्डर गर्न कम्पनीले उपलब्ध गराएको फोन नम्बरमा कल, म्यासेस, भाइबर र व्हाट्सएपमार्फत जानकारी गराउन सकिनेछ । साथै ग्राहकले आफ्नो नाम, फोन नम्बर र ठेगाना उपलब्ध गराउनुपर्नेछ । 

यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूला सुपर मार्केटहरु– भागभटेनी, बिग मार्ट, सेलबेज, सेल्सबेरीलगायतलाई उपभोक्तालाई चाहिने अत्यावश्यक सामग्री ढुवानीको व्यवस्था मिलाउन निर्देशन दिएको थियो । 

गएको ११ गदेदेखि आउँदो १८ गतेसम्म 'लकडाउन' अवधि भएकोले मन्त्रालयले उपभोक्ताको माग अनुसार ढुवानीको व्यवस्था मिलाउन सुपरमार्केटहरुलाई निर्देशन दिएको हो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया