कोरोना सङ्क्रमित युवक भन्छन्- ‘उपचार त परको कुरा तातोपानी समेत पाइँन’

 चैत १५, २०७६ शनिबार १७:५४:२८ | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएका कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित युवकले उपचार नपाएको गुनासो गरेका छन् । 

३४ वर्षीय युवकले आफ्नो अवस्था समान्य रहेको तर कोरोना सङ्क्रमणको पुष्टि भएपछि उपचारका लागि स्वास्थ्यकर्मी नै नआएको बताएका हुन् ।  

उज्यालोसँग कुरा गर्दै उनले तातोपानी समेत नपाएको दुखेसो गरेका छन् । शुक्रबार साँझदेखि स्वास्थ्यकर्मी उनको नजिक समेत नगएको युवकले बताए ।

दुबईबाट फर्किएका उनलाई गएको चैत्र ११ गतेदेखि आइसोलेशनमा राखिएको थियो । उनले आफू बाँच्न चाहेको र आफ्नो उपचार गरिदिन स्वास्थ्यकर्मीसँग आग्रह गरेका छन्।

कोरोनाको सङ्क्रमण भेटिएपछि उनका परिवारका सदस्यलाई पनि शनिबार अस्पताल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार सङ्क्रमित युवकको परिवारका आठ जना सदस्यलाई निगरानीमा राख्न एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको हो ।   

उनी नेपाल आएको पाँचौँ दिनमा प्रादेशिक अस्पतालको आइसोलेशनमा पुगेका थिए । प्रहरी नायब बस्नेतले पाँच दिनको अवधिमा ती युवकले थुप्रै व्यक्तिलाई भेटेको पाइएको जानकारी दिनुभएको छ ।

‘कोरोना सङ्क्रमित ती व्यक्तिले धनगढीका धेरैलाई भेटेको पाइएको छ । सबैको खोजी भइरहेको छ’, उहाँले भन्नुभयो ।

सङ्क्रमित व्यक्तिका पारिवारिक सदस्यमै एक जना प्रहरी कर्मचारी समेत भएकाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी पनि त्रसित बनेका छन् । ती युवकलाई  अस्पताल लैजाने व्यक्ति भने अझै सम्पर्कमा आएका छैनन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • दिपेन्द्र प्रसाद चौधरि

    March 28, 2020, 7:59 p.m.

    स्वास्थय मन्त्री को चरम लपरवाह हो, काम को तरिका थाह भको हो कि कमिस्न को चकरमा हो कि स्वश्थ्य कर्मचारि हरु को लागि आवशेअक पर्ने साम्मागृ समयमा उपलध न गराये सि कसरि उपचार गर्ने मनओबल बढछ ! like as PPE

  •  0 Reply

तपाईको प्रतिक्रिया