प्रदेश १ मा नमुना लिइएका ४६ मध्ये ३० जनाको रिपोर्ट आयो, सबैमा कोभिड-१९ नेगेटिभ

 चैत १८, २०७६ मंगलबार २०:५२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रदेश १ बाट कोरोना भाइरस (कोभिड १९) का ४६ जनाको नमुना संकलन गरिएकोमा ३० जनाको रिपोर्ट आएको आएको छ ।

मंगलबारसम्मा १० महिलासहित ४६ जनाको नमूना संकलन गरिएकोमा ३० जनाको रिपोर्ट आएको सबै रिपोर्ट कोरोना भाइरस नेगेटिभ रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिनुभयो ।

अहिलेसम्म झापाबाट ५ जना, मोरङबाट ७ जना, सुनसरीबाट २५ जना, धनकुटाबाट १ जना, तेह्रथुमबाट २ जना , सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमुना संकलन गरी परीक्षणको लागि प्रयोगशालामा पठाइएको थियो । उनीहरुमध्ये १६ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश १ मा मंगलबारसम्म चार महिला र ३ पुरुष गरी ७ जना लाई आइसोलेश राखिएको छ । डा.मेहताका अनुसार सोलुमा १, उदयपुरमा २, पाँचथरमा ३ र ताप्लेजुङका १ जना आइसोलेशन भर्ना भएका हुन् ।

प्रदेश १ का स्वास्थ्य संस्थाहरुले फिभर क्लिनिक बन्द गरेको भन्दै अविलम्ब सञ्चालन गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ । मन्त्रालयले आकस्मिक र फिभर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाहरुले फिभर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि अविलम्ब सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया