अधिनायकवाद आएको पुष्टि गर्न कांग्रेसलाई प्रधानमन्त्रीको चुनाैती

 साउन १२, २०७५ शनिबार १५:५०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले अधिनायकवाद आएको पुष्टि गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई चुनाैती दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले कांग्रेसले देशलाई विधिसम्मत ढंगले चल्न नदिएको आरोप समेत लगाउनुभयो । उहाँले कांग्रेसले संसद अवरुद्ध पारेर नागरिकको सार्वभौमसत्ता सम्पन्न निकायको गरिमा समेत कायम राख्न नदिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नागरिकको दुःख हरण गर्दै लगेकोमा कांग्रेस आत्तिएको दाबी गर्नुभयो । उहाँले रेल ल्याउने, तुइन मुलुकभरबाटै विस्थापित गर्नेलगायतको कामलाई सरकारले तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि दोहोर्‍याउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले समयको अधिकतम सदुपयोग गरिरहेको दाबी गर्नुभयो । समय, वुद्धि, क्षमता, ज्ञानको सदुपयोग गरेर सरकार राष्ट्र निर्माणको अभियानमा जुटेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्र र लोकतान्तिक आचरण र व्यवहार अनुसार अघि बढिरहेको जिकीर गर्नुभयो ।
 

अन्तिम अपडेट: मंसिर २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया