चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने
पुस ४, २०८१ बिहिबार
बर्दिया – भारतको उत्तरप्रदेशमा कोरोनाको सङ्क्रमण बढदै गएपछि बर्दियाको सीमा नाकामा सर्तकता बढाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सीमा पूर्णरुपले बन्द गरिएको छ ।
सीमा क्षेत्रमा पर्ने बर्दियाको ८७ वटा ठाउँमा सशस्त्र प्रहरीको सुरक्षा चेक पोष्ट खडा गरिएको छ । सीमा क्षेत्रमा झण्डै ८ सय सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक यादव विकले जानकारी दिनुभयो ।
यस क्षेत्रमा झण्डै एक-एक किलोमिटरको दूरीमा सुरक्षा चेकपोष्ट खडा गरिएको छ । लुकीछिपी आवतजावत गर्ने स्थान पहिचान गरेर सुरक्षा चेकपोष्ट खडा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बर्दियामा भएको सुरक्षा बल अपुग भएपछि बाहिर जिल्लाबाट थप बल १५० जना मगाइ सुरक्षा चुस्त पारिएको सशस्त्र प्रहरीका एसपी यादव बिकले बताउनुभयो ।
बर्दियाको पूर्वी सीमा मानखोलादेखि पश्चिम राजापुरसम्म सीमा पुर्ण रुपमा गरिएको छ । सीमावर्ती बलैगाउँ, मूर्तिहा, बिछिया, तिकुनियाँ लगायतका भारतीय बजारमा नेपालीको आवतजावत बढी हुने गर्छ ।
खुला सीमा नाकाले गर्दा जोखिम बढ्नसक्ने भन्दै विभिन्न क्षेत्रमा निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।