प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता सम्पन्न, १२ जना पूर्व राष्ट्रिय खेलाडी सम्मानित

 साउन १२, २०७५ शनिबार १९:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

प्रतियोगिता प्रगतिवादी युवा समाज नेपालको आयोजनामा सम्पन्न भएको हो । काठमाडौंको बसुन्धारस्थित चन्द्रबिन्दु स्कुलमा आयोजना भएको प्रतियोगिताको उद्घाटन शुक्रबार वरिष्ठ खेलाडी बैकुण्ठ मानन्धरले गरेका थिए ।

उद्घाटन कार्यक्रममा मानन्धरले नेपालका मौलिक रैथाने खेल बाघचाल प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै अन्य यस्तै खेलहरुको खोजी गरी मुलधारमा ल्याउनुपर्ने बताए । 

उनले भने, ‘बाघचाल जस्तै अन्य मौलिक खेलहरुलाई प्रवद्र्धन गर्न राज्यले पनि विशेष ध्यान दिनुपर्छ ।’ नेपालको संस्कृतिसँग जोडिएका खेलहरुको प्रचारप्रसार गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

शुक्रबार प्रथम र दास्रो चरणका खेलहरु भएका थिए । शनिबार तेस्रो, चौथो र फाइनल खेल भएको हो । खेल दुई उमेर समूहमा विभाजन गरिएको थियो । फाइनलमा उमेर समूह अन्तर्गत १८ वर्ष मुनिका रेहान मिया प्रथम भएका छन् ।

त्यस्तै, दोस्रो र तेस्रोमा क्रमशः विवश खकुराल र पासाङ तामाङ विजयी भएका छन् । १८ वर्ष माथि उमेर समूहमा सागर महर्जन प्रथम भएका छन् भने पानभाई पोडे र विष्णु थिङ क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

बाघचाल प्रतियोगितामा १ सय १४ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ८ वर्ष उमेरदेखि ८४ वर्षसम्मका खेलाडीहरुको सहभागिता रहेको आयोजक प्रगतिवादी युवा समाज नेपालका सचिव समिर गौतमले बताए । उनले यो कार्यक्रमलाई आउँदो वर्षहरुमा अझ भव्यताका साथ अगाडि बढाउने बताएका छन् ।

पुरस्कार वितरणमा १२ जना पूर्व राष्ट्रिय खेलाडी र बाघचालको कम्युटर गेम बनाउने रघुनाथ ढुङ्गेललाई सम्मान गरिएको छ । 
 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया