सञ्चयकोषद्धारा कर्जाको ब्याजमा छुट

 चैत २८, २०७६ शुक्रबार २१:३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने घोषणा गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्ने सम्बन्धमा कोषले सञ्चयकर्तालाई चैतदेखि असार मसान्तसम्मको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको आज जानकारी दिएको छ ।

त्यस्तो सापटीको असार मसान्तसम्मको ब्याज बुझाउने अवधि साउन मसान्तसम्म कायम गरिएको कोषका सहप्रशासक राजेन्द्र काफ्लेद्वारा निकालिएको विज्ञप्तिमा उल्लेख छ ।

कोषले नियमित सञ्चयकोष कट्टा गरिरहेका सञ्चयकर्ताको कोभिड–२०१९ को सङ्क्रमणबाट मृत्यु भएमा त्यसलाई दुर्घटना मानी क्षतिपूर्तिबापत दुई लाख रुपैयाँ हकवालालाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • धर्वेन्द्र सिह

    April 12, 2020, 10:38 a.m.

    केको छुट आफ्नो पैसा को आफै ब्याज तिरे को छु छुट दिने हो त सापटि रिन लिऐ को ब्याज माफ गर्दिनुस

  •  0 Reply

तपाईको प्रतिक्रिया