विश्व बैंकले भन्यो : नेपालको आर्थिक वृद्धिदर बढीमा दुई दशमलव ८ प्रतिशत मात्रै

 चैत ३०, २०७६ आइतबार १३:३८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर निक्कै खस्कने रिपोर्ट सार्वजनिक गरेको छ । 

आइतबार सार्वजनिक भएको रिपोर्ट अनुसार नेपालको आर्थिक वृद्धिदर जम्मा एक दशमलव ५ प्रतिशतदेखि दुई दशमलव ८ प्रतिशतमा सीमित हुने भएको छ । विश्व बैंकले ६ महिनाअघि नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ४ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

तर अहिले कोरोना भाइरसको कारण आर्थिक गतिविधि ठप्प भएको, पर्यटन क्षेत्र पूर्णरुपमा अस्तव्यस्त भएको,  नेपालको उत्पादन, खर्च र प्रतिव्यक्ति आयमा ठूलो गिरावट आउने भएकाले बढीमा २ दशमलव ८ प्रतिशतको मात्रै वृद्धिदर हुने विश्व बैंकले जनाएको छ । 

विश्व बैंकको ‘साउथ एसिया इकोनोमिक फोकस’ रिपोर्ट अनुसार यो वर्ष आर्थिक वृद्धिदर एक दशमलव ५ देखि दुई दशमलव ८ प्रतिशतका बीचमा रहने र सन् २०२१ मा १ दशमलव ४ देखि दुई दशमलव ९ प्रतिशतको बीचमा रहनेछ । 

सन् २०२२ देखि भने यो अवस्थामा सुधार आउने विश्व बैंकको अनुमान छ । एसियाली विकास बैंक (एडीबी) ले भने ४ दशमलव ३ देखि ५ दशमलव ३ प्रतिशतको बीचमा आर्थिक वृद्धिदर रहने रिपोर्ट सार्वजनिक गरेको थियो । 

यस्तै कोरोना भाइरसविरुद्ध कदम चाल्दा सरकारको खर्च त्यतै केन्द्रित हुने, स्वास्थ्य सेवाको बढ्दो बजेट, पालिकाले गर्ने खर्च, उच्च सरकारी तलबलगायतका कारण बजेट घाटा ७ प्रतिशतभन्दा माथि पुग्ने पनि विश्व बैंकले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया