वेस्टइन्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिज बंगलादेशलाई

 साउन १३, २०७५ आइतबार ७:४३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

वेस्टइन्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिज बंगलादेशले जितेको छ । शनिबार राति भएको खेलमा वेस्टइन्डिजलाई १८ रनले पराजित गर्दै बंगलादेशले सिरिज २–१ ले जितेको हो ।

टस जिति पहिला व्याटिङ गरेको बंगलादेशले ६ विकेट गुमाउँदै ३०१ रन बनाएको थियो । उसका लागि तमिम इकबालले शतकीय पारि खेलेका थिए । १०३ रन बनाएका इकबालले २ छक्का तथा ७ चौका प्रहार गरेका थिए ।

मोहमदउल्लाहले नट आउट ६७ रन बनाउँदा, शकिबअल हसनले ३७ तथा मोर्तजाले ३६ रन बनाएका थिए । 

३०२ रनको लक्ष्य लिएर मैदान आएको वेस्टइन्डिज निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २८३ रनमा रोकिएको थियो । रोभमान पावेलले नट आउट ७४ रन बनाउँदा क्रिस गेलले ७३ रन बनाएका थिए । सेइहोपले ६४ रन बनाएका थिए ।

बंगलादेशका मसरफे मोर्तजाले २ विकेट लिए ।
 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया