आज रातभर उल्का वर्षा हुने

 बैशाख ५, २०७७ शुक्रबार २०:४८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अहिले साढे आठ बजेपछिदेखि बिहान सूर्योदय अघिसम्म उल्का वर्षा हुने नेपाल खगोलीय समाजले जनाएको छ । 

समाजका अनुसार नेपालमा वैशाख ९ र १० गते उल्का वर्षाको अत्यधिक गतिविधि देख्न सकिन्छ भने यो वर्षको पहिलो उल्का वर्षा वैशाख १८ गतेसम्म सक्रिय रहनेछ ।

‘थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घिस्रेर जलेर नस्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ’, नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले भन्नुभयो, ‘पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्दा यसका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिएमा उल्का देखिन्छ।’

भट्टराईका अनुसार पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कणहरु छोड्ने गर्छन् । यी कणहरु लाखौं किलोमिटरसम्म फैलिन सक्छन् ।फैलिएका धुलाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ।परिक्रमा गर्ने क्रममा यी धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन्, उल्का देखिन्छ ।

यस्तो दृश्यमा १० वा त्यसभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ । थ्याचर पुछ्रेताराले सुर्यको एक परिक्रमा लगाउन ४ सय १५ वर्ष लगाउँदछ।

हरेक उल्का वर्षा आफ्नो सक्रिय समयमा एक समयमा अत्याधिक सक्रिय हुन्छन् । अत्याधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ । सक्रियताको मध्यसमयतिर अत्याधिक सक्रिय हुने उल्का वर्षा गतिविधिको सक्रियता विस्तारै आफैँ घट्दै जान्छ। 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया