सिप्रदीयन सहायता संस्थाद्वारा नेपाल प्रहरीलाई ५ सय थान पीपीई हस्तान्तरण

 बैशाख ५, २०७७ शुक्रबार २१:२३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

सिप्रदीयन सहायता संस्थाले नेपाल प्रहरीलाई पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपप्मेन्ट) हस्तान्तरणग गरेको छ । 

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली शुक्रबार ५ सय थान पिपिई हस्तान्तरण गर्नुभएको हो ।
नेपालमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितहरु बढीरहेका कारण सम्भावित जोखिमबाट बच्न सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रहेर जोखिमको अवस्थामा कार्यरत प्रहरी कर्मचारीहरुलाई सुरक्षित राख्न सहयोग पुग्ने उद्देश्यले नेपाल प्रहरीलाई पीपीई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

विपद्को समयमा नागरिकको सहयोगको लागि सधैँ क्रियाशील रहेको र आउने दिनमा पनि प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्ने  प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया