विवाद भएपछि क्वरेण्टीनमा बसेका ७ जनालाई वडाध्यक्षहरुले घर पठाए

 बैशाख ७, २०७७ आइतबार १२:२९:० | किरण लोहनी
unn.prixa.net

गोरखा - जिल्लाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ को एक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका ७ जनालाई वडाध्यक्षहरुले घर पठाइदिएका छन् । वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठ र वडा नम्बर ८ का अध्यक्ष काशीनाथ अंगाईले उनीहरुलाई घर पठाइदिनुभएको हो । 

शहीद स्मृति माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका ७ जनालाई शनिबार दिउँसो घर पठाइएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । 

माविको क्वरेण्टीनमा बैशाख ३ गते हेटौँडाबाट आएका ५ जना र बैशाख ५ गते काठमाण्डौबाट आएका दुई जना बस्दै आएका थिए । उनीहरुको क्वरेण्टीनमा बस्ने अवधि बाँकी थियो । 

क्वरेण्टीन सञ्चालनका विषयमा विवाद भएपछि उनीहरुलाई होम क्वरेण्टीनमा बस्नेगरी घर पठाइएको श्रेष्ठको भनाइ छ । होम क्वरेण्टीनमा पठाइएका सातै जनाको अवस्था सामान्य रहेको श्रेष्ठले भन्नुभयो । 

गाउँपालिका अध्यक्ष रमेश थापामगरले भने बाहिरबाट आएकालाई क्वरेण्टीनमा राख्ने पालिकाको निर्णयविपरीत उनीहरुलाई घर पठाउनु गलत भएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता उत्तरकुमार श्रेष्ठले वडाध्यक्षहरुले पटक पटक बाहिर आउजाउ गरेको भन्दै उनीहरुलाई पनि क्वरेण्टीनमा राख्नुपर्ने भन्दै फेसबुकमा लेख्नुभएको थियो । 

‘हामी विभिन्न कामले आउजाउ गरिरहनुपर्छ । आज मात्रै मैले बजारबाट किनेर ल्याएको १० जनाको औषधि घरघरमा पु¥याइदिएको छु,’ वडाध्यक्ष शरण श्रेष्ठले भन्नुभयो, ‘व्यक्तिगत गालीगलौजमा उत्रिएर सामाजिक सञ्जालमा लेखन थालेपछि सहन सकिएन । क्वरेण्टीनमा बसेकालाई घर पठाइदिएका हौँ ।’ 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया