अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाडौं – बंगलादेशमा एमबीबीएस पढ्ने छात्राका बारेमा नकारात्मक अभिव्यक्ति दिने व्यवसायी दुर्गा प्रसाईँलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।
सांसद डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावमा सांसद लक्ष्मी परियार र प्रमिला राईले समर्थन गर्नु भएको छ । बंगलादेशमा पढ्ने छात्राका बारेमा नकारात्मक टिप्पणी गर्ने कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिए पनि व्यवसायी प्रसाईमाथि कुनै कारबाही नभएको भन्दै कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।
बंगलादेशमा पढ्ने छात्राले प्रमाणपत्रका लागि आफ्नो शरीर बेच्नुपरेको भन्ने विवादित अभिव्यक्ति दिएपछि चर्को आलोचनाका कारण कानुनमन्त्री तामाङले केही दिनअघि राजीनामा दिनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।