चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने
पुस ४, २०८१ बिहिबार
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
उपराष्ट्रपति पुनले सरकारको काममा ढिलासुस्ती हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । ‘२४ औं कार्गो दिवस’ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले रेल, पानी जहाजजस्ता कुरामाभन्दा पनि नागरिकको जीवनस्तरलाई सुदृढ बनाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन रोड कनेक्टिभिटीमा जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उपराष्ट्रपति पुनले काठमाडौंको सडकको दुरावस्था हटाउनेलगायतका कामलाई तीव्रता दिन सरकार र सम्बन्धित निकायलाई ढिलाई नगर्न आग्रह गर्नुभयो ।
काठमाडौंमा डुबान हुँदा पनि खासै काम गर्न नसकेकोमा उपराष्ट्रपति पुनको सरकारप्रति गुनासो छ । उहाँले सरकारलाई काम गर्ने शैलीमा तीव्रता दिन आग्रह गर्नुभयो । सरकारले काम गर्ने शैलीमा परिवर्तन नगरे पाँच वर्षमा पनि मुलुकमा कुरा बाहेक केही पनि काम नहुने उपराष्ट्रपति पुनको भनाई छ ।
उपराष्ट्रपति पुनले नागरिकका दैनिक आवश्यक्तालाई सम्बोधन गर्ने काममा सरकारले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । उहाँले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई साथ दिन पनि सबैलाई आह्वान गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rudta paudel
July 29, 2018, 5:36 p.m.अबको ५ साल सम्ममा देशमा कुनै कुरामा विकास र कानुनमा राम्रो नियम गर्नुपर्दछ / बलात्कारको केसमा लिंग काट्ने या फाँसी दिने गर्नुपर्छ / तस्करी गर्नेलाई आजन्म जेल सजायँ हुनुपर्छ /अनिमात्र मानिस सचेत हुन्छन / मानिस सचेत र क्रियाशील भयो भने विकास हुन समय लाग्दैन /