सफल भयो एन ९५ मास्कको विकल्पमा नेपालमै निर्माण भएको मास्कको 'ल्याब टेष्ट'

 वैशाख १२, २०७७ शुक्रबार १७:४६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा.महावीर पुनलगायतका अनुसन्धानकर्ताहरुको सहभागितामा निर्माण भएको मास्कको ल्याब टेष्टको नजिता सकरात्मक आएको छ । 

गुणस्तरीय एन ९५ मास्कको विकल्पको रुपमा अनुसन्धान केन्द्रमा  निर्माण गरिएको मास्कको ल्याब टेष्ट सफल भएको डाक्टर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

उहाँले यस मास्कमा हेपा(एचइपीए) फिल्टर र एन ९९ फिल्टरको प्रयोग गरिएको जानकारी गराउनु भएको छ । अनुसन्धानबाट हेपा फिल्टरले एन ९५ मास्क जत्तिकै र एन ९९ फिल्टरले एन ९५ मास्कले भन्दापनि राम्रोसँग ०.३ माइक्रोनसम्मका किटाणुलाई फिल्टर गर्न सक्ने रिपोर्ट आएको छ । 

मास्कको परीक्षण तिलगंगा आँखा अस्पतालका विज्ञद्वय प्रदिप कार्की र नविन अधिकारीले गर्नुभएको पुनले जानकारी गराउनु भएको छ । 

नेपालमा नै गुणस्तरीय फिल्टरयुक्त मास्क निर्माण गर्न सकिने भन्दै उहाँले अनुसन्धानमा सक्रिय विज्ञ र तिलगंगा आँखा अस्पताललाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिनुभएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Shyam Kumar Mukhiya

    April 24, 2020, 9:57 p.m.

    कहाँ पाइन्छ ?? अर्डर गर्न मिल्छ ? सम्पर्क नम्वर दिनु न /

  •  0 Reply
  • केदार

    April 24, 2020, 8:43 p.m.

    नेपालले गर्न नसक्ने केही छैन । अवसर, उत्प्रेरणा तथा आवश्यक साधन स्रोत चाहिन्छ । धन्यवाद महाबिर पुन तथा सहयोगी लाई ।

  •  0 Reply

तपाईको प्रतिक्रिया