यातना दिएको भन्दै प्रहरीविरुद्ध उजुरी

 साउन १३, २०७५ आइतबार १९:२३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – फरार आरोपितका विषयलाई लिएर प्रहरीले यातना दिएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडाका बुद्धिराज राई र समृत राईले मानव अधिकार आयोगमा प्रहरीविरुद्ध उजुरी दिएका छन् ।

कुटपिट, लुट र जबरजस्ती करणी गरेको आरोपमा निसान राई फरार भएपछि पक्राउ गरेर प्रहरीले यातना दिएको भन्दै बाबु बुद्धिराज र दाजु समृतले आइतबार राष्ट्रिय मानव अधिकार आयोगको उप–क्षेत्रीय कार्यालय दिक्तेलमा उजुरी दिनु भएको हो ।

फरार आरोपित निसानलाई पक्राउ गर्नका लागि प्रहरीले आफूहरुलाई साउन ११ गते राति गाउँबाट पक्राउ गरेर हत्कडी लगाएर सोही राति शारीरिक यातना दिएकाले आयोगमा उजुरी दिएको बुद्धिराजले बताउनुभयो । 

शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याइएका राईद्धयलाई तारिखमा छाडेको प्रहरीले जनाएको छ । फरार निसानमाथि साउन १ गते कुटपिट, लुट र करणी गरेको अभियोग छ । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • देउ राज राई

    July 29, 2018, 7:36 p.m.

    कस्तो समाचार सम्प्रेसन गरेको ? पिडित महिला माथिको हिम्साको बारेमा समाचार चाहिँ किन नलेखेको ? निसान राई को पक्षमा उभिएर यसरी समाचार लेख्न पाइन्दैन । निसान राई लाई साथी खोजाएर भगाउने घर परिवार नै हो । उ कहाँ छ भन्ने कुरो पक्कै पनि उस्को परिवार लाई थाहा छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया