रमजान : इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज पढ्ने

 वैशाख १३, २०७७ शनिबार १७:३०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ - इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार व्रत अर्थात् रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् । 

रमजानमा मस्जिदमा सामूहिक नमाज (प्रार्थना) आदा (समर्पण) गर्ने परम्परा भए पनि यस वर्ष कोरोना भाइरस (कोभिड-१९) को सन्त्रासका कारण इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गर्दैछन् । 

कोरोना भाइरसकाे सङ्क्रमण रोकथामका लागि सरकारले लकडाउन घाेषणा गरेकाले त्यसको परिपालना गर्दै घरमै सबै विधि पूरा गरेर नमाज आदा गरिँदै छ । जसका कारण रमजानमा सधैँ भिडभाड हुने देशभर रहेका मस्जिदहरु अहिले सुनसान देखिन्छन् ।

शनिबार काठमाण्डौको घण्टाघरमा रहेको नेपाली जामे मस्जिद पनि सुनसान देखिन्थ्यो । मस्जिदभित्रै बस्ने केही धर्मगुरु र कर्मचारीहरुले कोरोना भाइरसका लागि अपनाइएको शारीरिक दुरी कायम गर्दै नमाज आदा गरेका थिए । 

नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यान दिएर सबैलाई घरमै बसेर नमाज आदा गर्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरिएको बताउनुभयो ।

उहाँले लकडाउनको बेला अत्यावश्यक सामग्रीको अभाव भएकाहरुलाई राहत वितरण गरिएको समेत बताउनुभयो । जसबाट रमजानमा नमाज आदा गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

रमजानमा बिरामी, गर्भवती महिला र अशक्तहरुलाई रोजा बस्न छुट रहेको छ भने रोजा बस्नेहरुले निश्चित नियम भने पूरा गरेको हुनुपर्ने छ । रमजानमा शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।  

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया