अमेरिकाले ब्यालेस्टिक मिसाइलमा संलग्न पाकिस्तानका चार कम्पनीला...
पुस ४, २०८१ बिहिबार
त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले मेरिलेबोन क्रिकेट क्लबलाई ९ विकेटले जितेको छ ।
वर्षाका कारण ६ ओभरमा झारिएको खेलमा मेरिलेबोनले दिएको ४१ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४.४ ओभरमा ४१ रन बनाई पूरा गरेको थियो ।
नेपालका सुुवास खकुरेलले नट आउट १६ रन जोडे भने उप-कप्तान ज्ञानेन्द्र मल्ल पनि १२ रनमा नट आउट रहे ।
नेपालका लागि ओपनर अनिल साहले ९ रन बनाएर आउट भए । उनले ९ बलकाे सामना गर्दै २ चौका प्रहार पनि गरेका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले निर्धारित ६ ओभरमा ४ विकेटको क्षतिमा ४० रन बनाएको थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Keshav Rimal
July 29, 2018, 9:17 p.m.great