वीरगञ्जका २ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ५१ पुग्याे

 बैशाख १४, २०७७ आइतबार १२:५४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – वीरगञ्जका दुई जनामा काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण पुष्टि भएकाे छ ।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका हुन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ५१ पुगेको छ । १२ जना निको भएर डिस्चार्ज भएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • sajan magar

    April 26, 2020, 3:35 p.m.

    यसरि नै क्रमिक रुपमा संक्रमित बढ्दै जाने हाे भने लकडाउन खाेल्नु राम्राे हुन्न हामि नेपालिकाे लागि

  •  0 Reply

तपाईको प्रतिक्रिया