अमेरिकी राजदूतसँग विशेष अन्तर्वार्ता : ‘नेपालका केही चाडपर्व र परम्परा सँगै लिएर जाँदैछु’

 साउन १४, २०७५ सोमबार ७:१८:५४ | गोपाल गुरागाईं
unn.prixa.net

अमेरिकी राजदूत अलैना बी टेपलिज तीन वर्षअघि राजदूतको कार्यभार सम्हाल्न आउँदा नेपाल चुनावको मुखमा थियो । बितेका ३ वर्षमा नेपालमा भएका राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनलाई नजिकबाट नियालेकी राजदूत टेपलिज अर्को महिना आफ्नो कार्यकाल सकेर अमेरिका फर्कंदै हुनुहुन्छ ।

तीज र तिहार जस्ता नेपाली पर्व मनाएर, ट्वीटरमा सक्रिय रहेर र आफ्ना लेखहरुबाट सँधै चर्चामा रहेकी अमेरिकी राजदूत बिनाविवाद कार्यकाल सकेर हिजोआज बिदाई भेटघाटमा व्यस्त हुनुहुन्छ । प्रस्तुत छ, उहाँको नेपाल बसाई, यात्रा र खानपीनका विषयमा राजदूत टेपलिजसित गोपाल गुरागाईंले गरेको कुराकानीको सम्पादित अंश : 

यो कुराकानी सुन्न पनि सकिन्छ ।

महामहिमलाई उज्यालोको स्टुडियोमा तीन वर्षपछि पुन: स्वागत छ । तपाईँको बिदाइ अन्तर्वार्ताका लागि रेडियो उज्यालोमा स्वागत गर्न पाउँदा हामीलाई धेरै खुशी लागेको छ । तपाईँसँगको कुराकानी मःमको प्रसङ्गबाट सुरु गर्न चाहन्छु । हामीसँगको पहिलो अन्तर्वार्तामा तपाईँले मःमको कुरा गर्नुभएको थियो । तपाईँले काठमाडौँ र नेपालमा कस्ता खालका मःमका परिकारको स्वाद लिनुभयो ? हामीलाई बताइदिनुहोस् न !

सर्वप्रथमत मलाई उज्यालोको स्टुडियोमा फेरि बोलाउनुभएकोमा तपाईँलाई धन्यवाद । तपाईँलाई थाहै छ, तपाईँ र तपाईँको टोलीसँग कुरा गर्न मलाई साँच्चै रमाइलो लाग्छ । मःम त मैले देशैभरि खाएँ, तर काठमाडौँमा मैले केही अनौठा खालका मःमका परिकार पाएँ । यहाँ मैले कन्दमूल र गाँजरको मःमसमेत खाने मौका पाएँ । त्यसकारण परम्परागत साकाहारी मःममा मेरो केही जोड रह्यो । बाहिर नरम र कोमल भएको मःम चाहिँ मलाई एकदम स्वादिलो लाग्छ । अनि मैले झोल मःम पनि पत्ता लगाएँ । झोल मःम मलाई मनपर्ने नयाँ परिकार हो ।

झोल मःम ! काठमाडौँ बाहिर पनि मःम खानुभयो कि ?

काठमाडौँ बाहिर पनि खाइयो नि ! मैले अन्तिम पटक झोल मःम खाएको चितवन जाँदा हो । त्यसैले झोल मःम जताततै पाइन्छ भन्ने मलाई थाहा छ । मलाई झोल मःम साँच्चै मनपर्छ । वास्तवमा झोल मःम मलाई अमेरिकामा पाइने कुखुराको मासुको रसमा डम्पलिङ हालेर खाने एक प्रकारको परिकार हुन्छ – हो, त्यस्तै लाग्छ ।

काठमाडौँ बाहिर भ्रमण गर्दा तपाईँले आफ्नो ट्वीटरमा पोस्ट गरेका सामग्री धेरैजसो हिमाली र पहाडी क्षेत्रका भएको पाइन्छ । तर तपाईँले तराई क्षेत्रको भ्रमण पनि गर्नुभएको छ । अनि हिमाली र पहाडी क्षेत्रका फोटोहरू बढी सङ्ख्यामा किन राख्नुएभएको नि ?

मैले फोटोको गन्ती त गरेकी छैनँ, तर म नेपालका ४० भन्दा बढी जिल्लामा पुगिसकेँ । तराई, पहाड, हिमाल – म तीनै क्षेत्रमा पुगेकी छु । तराईमा पनि मैले निकै समय बिताएकी छु । केही महिनाअघि मात्र म नेपालगञ्जक गएकी थिएँ । त्यसैगरी मैले तराईका जनकपुर, भैरहवा र झापा लगायतका ठाउँहरुको समेत भ्रमण गरेकी छु । मैले नेपाललाई एक छेउदेखि अर्को छेउसम्म र माथिदेखि तलसम्म देख्ने मौका पाएँ । म जहाँ जान्छु त्यहाँको फोटो राख्नो कोसिस गर्छु ।

मेरो विचारमा नेपालका भाषा, संस्कृति, मुद्दा र रुचिको जटिल सम्मिश्रणलाई बुझ्नका लागि यो कुरा साँच्चै महत्त्वपूर्ण पनि छ । त्यसकारण पनि मैले यति धेरै भ्रमण गरेकी हुँ । यसरी भ्रमण गर्न पाएर म साँच्चै धन्य बनेकी छु । मानिसहरूले मेरो लागि आफ्नो घर र समुदाय उघारे । त्यसका लागि म उनीहरूप्रति साँच्चै आभारी छु । यी सबै कुराले मलाई यति राम्रो यस भूमिलाई अझै राम्ररी बुझ्न मद्दत गरेका छन् ।

तपाईँले भ्रमण गरेका ४० जिल्लामध्ये पहाडी जिल्ला कति छन् र अन्य जिल्ला कति छन् ? वर्गीकरण गर्नुभएको छ ?

मैले त्यसरी गन्ती त गरेकी छैन, तर मैले नियतवश सबैखाले ठाउँहरूमा पुग्ने कोसिस चाहिँ गरेकी छु– भ्रमणमा निस्किँदा । अमेरिकी सरकारका विकास परियोजनाहरूको अनुगमन गर्नका लागि समेत मैले भ्रमण गरेकी हुँ । अमेरिकाले यी परियोजनाहरू नेपाल सरकारसँगको सहकार्य र कार्यान्वयन गर्ने साझेदार संस्थातथा नागरिक समाजका साथै मुलुकभरका समुदायसँग मिलेर सञ्चालन गरिरहेको छ । तसर्थ दृश्यावलोकनका लागि मात्र भ्रमण गरिएको होइन । यद्यपि, सुन्दर दृश्यावलीले मलाई नलोभ्याएको चाहिँ होइन । तर म के कुरा सुनिश्चिगत गर्न चाहन्छु भने हाम्रा परियोजना र विकास सहायताले प्रतिफल दिइरहेका छन् ।

तपाईँका भ्रमणमध्ये कति कामसँग सम्बन्धित थिए र कति निजी पदयात्रा थिए ?

एउटा राजदूतको जीवनमा बिदाको दिन भन्ने नै हुँदैन । यहाँ आएदेखि मैले एउटा मात्र निजी भ्रमण गरेकी छु । म लाङटाङ क्षेत्रको पदयात्रामा गएँ, जुन मेरा लागि असाधारण अनुभव रह्यो । म साँच्चै रमाएँ । त्यस बाहेका मेरा सबै भ्रमणहरू कामसँगै सम्बन्धित थिए । भ्रमणमा निस्कँदा दृश्यपान र पर्यटकीय गतिविधिका सानातिना अवसर नजुरेका भने होइनन् । तर मेरो खास प्रतिबद्धता हाम्रा दुई देशबीचको साझेदारीलाई बलियो बनाइराख्न मा केन्द्रित थियो र मेरो नेपाल भ्रमणले त्यस कुरामा सुनिश्चिलतता दिलाउन मद्दत गरेको छ ।

लाङटाङ क्षेत्र नै रोज्नुको कुनै विशेष कारण छ कि ? पदयात्राका लागि नेपालमा अन्य थुप्रै स्थानहरू पनि त छन् ?

अवश्य पनि ! यहाँ पदयात्रा गर्न र घुम्नका लागि यति धेरै अवसर छन् कि ती सबै अवसरको फाइदा म लिनै सक्दिनँ ! म लाङटाङ जानुका केही कारण थिए । अवश्य पनि लाङटाङ नेपालको विशिष्ट भूभाग हो । भूकम्पअघि यो निकै प्रसिद्ध थियो । सुन्दर उपत्यका र हिमाली दृश्यका कारण यो लोकप्रिय पर्यटकीय गन्तव्यस्थल बनेको हो । भूकम्पको तीन वर्षपछि त्यहाँको स्थानीय समुदायको हालखबर बुझ्न पनि मन लाग्यो । भूकम्पमा परी त्यहाँ धेरै स्थानीयवासीको ज्यान गएको थियो । धेरैले आफ्नो जीविकोपार्जनका उपाय पनि गुमाएका थिए । तर त्यहाँ पुग्दा मैले जे देखेँ त्यसबाट प्रभावित भएँ । समुदायहरू फर्केर आएका छन् । ज्यान गुमाउनेहरूको सम्झनामा स्मारक छन् । त्यहाँका मानिसहरूले अगाडि बढ्ने बाटो रोजेका छन् र आफ्नो भविष्यको बारेमा सोचेका छन् । मेरो भ्रमण साँच्चै रमाइलो भयो ।

तपाईँले नेपालमा झन्डै तीन वर्ष पूरा गर्नुभएको छ । तपाईँ नेपाल आउँदा देश निर्वाचनको तयारी गर्दै थियो । अहिले निर्वाचन सम्पन्न भइसकेको छ । तीनओटै तहमा जननिर्वाचित सरकार बनिसकेका छन् । यस परिवर्तनलाई तपाईँले कसरी हेर्नुभएको छ ?

गएका तीन वर्षमा निकै धेरै घटना भए । यो समय मुलुकका लागि साँच्चै गतिशील समय बनेको छ । मलाई त आफू इतिहास बन्दै गर्दाको साक्षी बसे झैँ लागेको छ । म नेपाललाई हेर्दा वाचा, सम्भावना र अवसरले भरिपूर्ण मुलुकका रूपमा देख्छु । मेरो विचारमा नेपालको सम्भावनालाई यथार्थमा परिणत गर्नका लागि आवश्यक तीन मूलभूत तत्त्वहरू छन् । सर्वप्रथम त शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्या्उन आवश्यक छ । यसमा सत्य निरूपण तथा मेलमिलापको प्रक्रियालाई विकसित गरी पीडितको चित्त बुझ्ने तरिकाले न्याय दिलाउने र द्वन्द्वकालको साँचो अर्थमा अन्त्य गर्ने लगायतका कार्यहरू पर्दछन् । दोस्रो कुरा, मैले यहाँको लोकतान्त्रिक रूपान्तरण र लोकतान्त्रिक संस्थालाई बलियो बनाउनका लागि सबैले गरेको प्रयत्न् देखेकी छु ।

निकै लामो समयपछि पहिलो पटक यहाँ राजनीतिक स्थायित्व कायम भएको छ र सबै जना यसबाट लाभ लिन खोजिरहेका छन् । मैले निर्वाचनको अवलोकन गर्ने मौका पाएँ र त्यस बेला मानिसहरूको उत्साह देखेँ । तेस्रो कुरा, मैले अर्थतन्त्रसँग सम्बन्धित अवसरतर्फ पनि ध्यान दिएकी छु –नेपालको विकास गर्दै मानिसहरूलाई चरम गरिबीबाट उकास्न मद्दत गर्ने दृष्टिकोणबाट पनि रयहाँ रहेका व्यापार/व्यवसायका सम्भावना अनि आफ्नो भविष्यको अर्थतन्त्र विकसित गर्न नेपालले के गर्नुपर्ला, त्यस दृष्टिकोणबाट पनि ।

यी त भए राजनीतिक तथा आर्थिक क्षेत्रमा तपाईँले देखेका तीन क्षेत्रहरू । तपाईँले नेपालका थुप्रै मानिसहरूसँग अन्तरक्रिया पनि गर्नुभएको छ । साथै, नेपालप्रतिको अमेरिकी धारणाको प्रतिनिधित्व गर्ने कैयन लेखहरू पनि लेख्नुभएको छ । बिभिन्न समुदाय र त्यसमा पनि समथर भूमिदेखि हिमाली क्षेत्रसम्मका समुदायहरूको भ्रमण गर्दा तपाईँले नेपाली समाजमा तपाईँले केकस्ता मिल्दाजुल्दा कुराहरू पाउनुभयो ?

धेरै समुदायमा मैले देखेँ– मानिसहरू काम गर्नका लागि विदेश गएकाले परिवारका सबै सदस्यहरू एउटै छानामुनि छैनन् । धेरै ठाउँमा मैले देखेँ – शैक्षिक अवसरको फाइदा लिन र आर्थिक, सामाजिक र राजनितिक जीवनमा आफ्नो स्थान सुरक्षित गर्नका लागि महिलाहरूले सङ्घर्ष गरिरहेनु परेको छ । त्यस कारण केही चुनौती पक्कै  छन् ।

राजनीति, अर्थतन्त्र – त्यो एउटा पाटो भयो, तर आखिरमा यी सबै कुरा सम्भव बनाउने त मानिसहरू नै हुन् । त्यसैले नेपालभर मैले देखेको भने पनि, अवलोकन गरेको भने पनि मानिसहरू नै हुन् । आफ्नो पृष्ठभूमि जस्तो भए तापनि सामान्यतया उनीहरू गतिशील छन्, आफ्नो देशको भविष्य र आफ्नो समुदायको भविष्यको विषयमा उनीहरूको अभिरुचि छ ।

उनीहरू सके आफ्ना लागि, नसके आफ्ना सन्तानका लागि जीवन सुमधुर बनाउन चाहन्छन् । धेरै समुदायमा मैले देखेँ– मानिसहरू काम गर्नका लागि विदेश गएकाले परिवारका सबै सदस्यहरू एउटै छानामुनि छैनन् । धेरै ठाउँमा मैले देखेँ – शैक्षिक अवसरको फाइदा लिन र आर्थिक, सामाजिक र राजनितिक जीवनमा आफ्नो स्थान सुरक्षित गर्नका लागि महिलाहरूले सङ्घर्ष गरिरहेनु परेको छ । त्यस कारण केही चुनौती पक्कै  छन् ।

मलाई थाहा छ, थुप्रै यस्ता पनि समुदाय छन् जसलाई अन्य समुदायलाई झैँ हामी पनि नेपालकै अङ्ग हौँ भन्ने बलियो अनुभूति भएको छैन । उनीहरूलाई आफ्ना मागहरू पूर्ण रूपमा पूरा भएका छन् जस्तो लाग्दैन । बलियो लोकतान्त्रिक मुलुक बन्नका लागि नेपालले सबैका आकाङ्क्षाहरूलाई समेट्नुपर्छ – मलाई यस्तो लाग्छ । 

नेपालका सबै समुदायका चिन्ताका विषय, मुद्दा र ध्येयलाई सम्मानजनक व्यवहार गर्नु पर्दछ । नेपालको विविधता अवलोकन गर्न पाउनु मेरो लागि खुशीको कुरा बनेको छ । विभिन्न दृष्टिकोणका कारण चुनौती अन्तरनिहित भए तापनि मलाई लाग्छ विविधता नै आखिर नेपालको बलियो पक्ष हो । यसमा मतहरूको विविधता हुन्छ ।

समस्या समाधान गर्ने भिन्नाभिन्नै तरिका हुन्छन् । विभिन्न समुदायका आआफ्नै पृथक संस्कृति र सम्पदा छन् र त्यसमा पनि पर्यटनका हिसाबले अवसर छ जस्तो मलाई लाग्छ । भ्रमणको सिलसिलामा मैले एउटा गुरुङ समुदायमा पुगी उनीहरूले सुरु गरेको होम स्टेको अवलोकन गर्ने मौका पाएकी थिएँ । त्यस्ता समुदायका लागि अगाडि बढ्ने सच्चा मार्गको यो एक उदाहरण हो । यस प्रकारको विविधताका कारण नेपाललाई अगाडि बढ्नका लागि खास मौका छ जस्तो लाग्छ मलाई ।

नेपालमा छँदा तपाईँले सबै नेपाली चाडपर्व मनाएको देखियो । नेपालबाट फर्केपछि पनि यस्ता चाडपर्व मनाइरहनुहुनेछ त ?

मैले नेपाली संस्कृति र सम्पदाको बारेमा केही जान्ने मौका पाएँ । यहाँका मानिसहरूले आफ्ना चाडपर्वहरू मसँग उदारतापूर्वक बाँडे र मैले त्यस्ता चाडबाड उनीहरूसँगै मनाउने मौका पनि पाएँ । आफ्नो घरमा चाहिँ हामीले कुकुर तिहार मनायौँ । अन्नपूर्ण नाम गरेको मेरो कुकुर छ । हामीले उसैको पूजा गर्यौँ । यीमध्येका केही चाडबाड र परम्पराहरू म आफूसँगै लिएर जानेछु किनभने ती मनाउँदा मलाई साँच्चै रमाइलो लागेको थियो ।

आफ्नो कुकुरको नाम अन्नपूर्ण नै किन राख्नुभएको ? नेपालको प्रेरणाले हो कि ?

अलिकति नेपालको प्रेरणाले पनि हो । तर खास कुरा के हो भने जब मेरा श्रीमान् युवावस्थामा हुनुहुन्थ्यो, तब उहाँ पर्वतारोही हुनुन्थ्यो । व्यावसायिक पर्वतारोही त होइन, तर हिमाल चढ्नु उहाँको सोख थियो । अनि हामी आफ्नो कुकुरको नाम के राख्ने  भनेर घोत्लियौँ । नामका सम्भावना थुप्रै थिए –फूलको नाम राख्न् सकिन्थ्यो, मान्छेको नाम राख्नय सकिन्थ्यो, देश वा मसलाको नाम राख्नर सकिन्थ्यो । अन्त्यमा हामीले उसलाई एक भव्य हिमालको नाम दिने विचार गर्यौँ  । 

तपाईँलाई सबैभन्दा मनपर्ने नेपाली चाडपर्व कुन हो ? तपाईँले तीज मनाउनुभएको छ, दशैँ, तिहार लगायतका थुप्रै चाडपर्व मनाउनुभएको छ । तपाईँको ट्वीटरमा देखिन्छ । साथै विभिन्न धर्मावलम्बीलाई समेत शुभकामना दिनुहुन्छ । उनीहरूका पनि भिन्नाभिन्नै चाडपर्व छन् । तपाईँ कुन चाड वा उत्सवबाट सबैभन्दा बढी प्रभावित हुनुहुन्छ ?

हो नि ! सबैभन्दा मनपर्ने चाड रोज्न त गाह्रो छ । हरेक चाड – चाहे त्यो मैले आफैसँग लिएर आएको चाड होस् वा यहाँ आएपछि मनाएको चाड होस् – त्यसको गुणस्तरमा केही भिन्नता हुन्छ । मेरा लागि तीजको उत्सव रोचक किन पनि भयो भने यसले मलाई आफ्नो कार्यालयका महिलाहरूसँग जमघट गर्ने र हामीले नेपालको सन्दर्भमा देखेका केही व्यापक चुनौतीहरूको विषयमा छलफल गर्ने मौका जुरायो ।

तिहारको रमाइलो के थियो भने त्यो नितान्त व्यक्तिगत अनुभव थियो र घरमै मनाइयो । र तपाईँलाई थाहै छ, मैले आफूसँग आफ्ना केही चाडपर्व र परम्परा पनि लिएर आएकी थिएँ । जस्तो, नयाँ वर्ष हाम्रा लागि ठूलो उत्सव हो । त्यस्तै हाम्रा केही हिउँदे चाडहरू पनि छन् । यस्ता चाडपर्व नेपाली मित्रहरूसँग बाँड्न पाएकोमा मलाई खुशी लागेको छ ।

तपाईँ खास गरी महिला र किशोरीहरूको विषयमा ट्वीट गरिरहनुहुन्छ ! त्यसको कुनै विशेष कारण छ कि ?

मलाई लाग्छ, कुनै पनि देश यदि वास्तविक समृद्धि हासिल गर्न चाहन्छ भने – खास गरी नेपाल जस्तो महत्त्वाकांक्षी लक्ष्य लिएको देश, जुन सन् २०३० भित्र मध्यम आय भएको मुलुकको दर्जा हासिल गर्न चाहन्छ – त्यस्तो देशले महिलाहरूलाई आर्थिक जीवन, सामाजिक जीवन र राजनीतिक जीवनमा पूर्ण रूपमा समावेश गर्नु पर्दछ । सफलता हासिल गर्नका लागि महिलाहरू पूर्ण रूपमाराष्ट्रको हरेक पक्षको सम्मानित तथा एकीकृत हिस्सा बन्नुपर्छ भन्ने त प्रमाणित तथ्य नै हो । त्यस दृष्टिकोणबाट नेपालको सम्भावनाको कुरा गर्दा यहाँ महिलाको सहभागिता अपरिहार्य छ ।

त्यसपछि अर्को महत्त्वपूर्ण कुरा के हो भने महिला अधिकार मानव अधिकार हो । महिलाले पनि पुरुषले जत्तिकै सम्मान र अवसर पाउनुपर्छ – उनीहरू त्यसका लायक छन् । समुदायमा उनीहरूको स्थान पनि पुरुष समानकै हुनुपर्छ ।

म स्वयम् महिला हुनुको नाताले मेरा पनि केही निजी अनुभव छन् – आफ्नो देशका अनुभव, आफ्नो व्यवसायका अनुभव । मलाई थाहा छ – कुरो सजिलो छैन । तर हामीले मिलेर काम गर्यौँ भने – महिला-पुरुष मिलेर काम गरियो भने, किशोर-किशोरी मिलेर काम गरियो भने –नेपालमा मात्र होइन, अमेरिकामा मात्र होइन, विश्विमै राम्रो वातावरण सिर्जना गर्नसक्ने वास्तविक अवसर हामीसँग छ । त्यस कारण महिलासँग प्रत्यक्ष रूपमा सम्बन्धित मुद्दाहरूमा मैले ध्यान दिँदै आएकी छु ।

हाम्रा विकाससम्बन्धी कार्यक्रम र थुप्रै बाहिरी कार्यक्रमहरूमा महिलाको समावेशितालाई महत्त्वपूर्ण विषय बनाइन्छ र सुनिश्चित गरिन्छ । मैले आफै एक उदाहरण भएर नेतृत्व प्रदान गर्ने मौका पाएकी छु र त्यस अर्थमा म भाग्यमानी पनि छु । सायद मबाट केही युवावस्थाका महिलाहरूलाई प्रेरणा पनि मिल्नेछ ।

नेपालले सबै राजनीतिक निकायमा झन्डै ३३ प्रतिशत महिला निर्वाचित गरेको छ ! तपाईँले यसलाई कसरी हेर्नुभएको छ ?

सुदूरपश्चिामकी एक महिला जनप्रतिनिधिले मसँग भन्नुभयो, “हामी त केवल ट्रफी हौँ । महिलालाई पनि चुनावमा जिताउन सकिन्छ भनेर देखाउनका लागि हामीलाई निर्वाचित गरिएको हो । तर यसको मतलब यो होइन कि हामीले अरु केही काम गरिरहेका छौँ । हामीलाई देखाउनको लागि दराजमा सजाएर राखिएको छ । वास्तवमा हामी पूर्ण रूपमा सहभागी नै छैनौँ ।”

ठीक भन्नुभयो, अहिले धेरै महिला जनप्रतिनिधिका रूपमा निर्वाचित भएका छन् । तीमध्ये केहीलाई मैले भेटेकी पनि छु । केही समयअघि म सुदूरपश्चिपमको भ्रमणमा गएकी थिएँ । त्यहाँ मैले नगरपालिका र गाउँपालिकाका उपप्रमुखहरूसँग भेटघाट गर्ने मौका पाएँ । वास्तवमा हामीले लामै कुराकानी गर्यौँ  र उहाँहरूले आफूले देखेभोगेका चुनौतीहरू उठान पनि गर्नुभयो । पूर्ण रूपमा आफ्नो काम, कर्तव्य पूरा गर्नका लागि स्रोतको अभाव हुनुदेखि आत्मविश्वािसका साथ ती काम, कर्तव्य पूरा गर्नका लागि तालिमको आवश्यकता हुनुसम्मका चुनौतीहरू थिए उहाँहरूका । 

कुनै अवस्थामा ती चुनौतीहरू महिलाका चुनौती मात्र थिएनन् – पुरुष र सरकारका चुनौती पनि थिए । अहिले धेरै जना जनप्रतिनिधि भएका छन् । तर खासगरी महिलाको सन्दर्भमा निर्वाचन प्रक्रियाको कोटा प्रणाली यहाँटोकन वा प्रतीक मात्र बन्ने खतरा चाहिँ छ । सुदूरपश्चिामकी एक महिला जनप्रतिनिधिले मसँग भन्नुभयो, “हामी त केवल ट्रफी हौँ । महिलालाई पनि चुनावमा जिताउन सकिन्छ भनेर देखाउनका लागि हामीलाई निर्वाचित गरिएको हो । तर यसको मतलब यो होइन कि हामीले अरु केही काम गरिरहेका छौँ । हामीलाई देखाउनको लागि दराजमा सजाएर राखिएको छ । वास्तवमा हामी पूर्ण रूपमा सहभागी नै छैनौँ ।” देश अगाडि बढ्ने क्रममा बढीभन्दा बढी महिलाले टेबलमा आफ्नो स्थान सुरक्षित गर्दैगर्दा त्यहाँ शासन र सार्वजनिक नीति सम्बन्धी बहसमा सार्थक सहभागिता र समावेशीकरण हुन जरुरी छ ।

अब म तपाईँलाई तपाईँका ट्वीटहरूको बारेमा सोध्न चाहन्छु, किनभने म तपाईँलाई ट्वीटरमाफलो गर्छु र तपाईँका ट्वीटहरू नियमित पढिरहन्छु । तपाईँले नेपालको विकास, महिला, किशोरीका बारेमा बढी ट्वीट गर्नुभएको छ । यी तीन विषय तपाईँको ट्वीटरमा हाबी भएको पाइन्छ । ट्वीटर पोस्टहरू आफै लेख्नु हुन्छ कि आफूलाई लेख्नट सघाउने व्यक्ति छ ?

मलाई फलो गर्नुभएकोमा धन्यवाद । तपाईँले भने झैँ सामाजिक सञ्जालले ठूलो अवसर सिर्जना गर्दछ । यसले मलाई आफ्ना विचार व्यक्त गर्ने मौका मात्र होइन, यस्ता मुद्दाहरूमा केही संवाद सुरु गराउने मौका पनि जुराएको छ । मलाई आफ्नो अनुभव बाँड्न रमाइलो लाग्छ । तर म आफ्ना विचार पनि राख्नि चाहन्छु । निश्च य नै म आफ्नो कामको बारेमा कुरा गर्छु र हाम्रा लागि यहाँ महत्त्व राख्नेन केही विषयमा अमेरिकी सरकारको धारणा के छ, त्यसका बारेमा पनि कुरा गर्छु । ती विषय भनेका महिला र किशोरीका स्थानका विषय हुन् ।

नेपालमा विकास प्रक्रिया कसरी अगाडि बढिरहेको छ, हाम्रो साझेदारीको गुणस्तर कस्तो छ, र यहाँको वातावरणलाई कसरी राम्रो बनाउन सकिन्छ जस्तो हामीलाई लाग्छ –यी विषय पनि हुन् । यीमध्ये केही अनुभवलाई म दृश्यका माध्यमबाट समेत शेयर गर्न चाहन्छु । म अवश्य पनि हाम्रो कार्यालयको जनसम्पर्क शाखाको मद्दत लिन्छु – फोटो र अन्य कुराका लागि । तर ट्वीटरमा प्रयोग हुने सबै भाषा मेरो आफ्नै हो र कुरा गर्दा म सोचविचारपूर्ण भएर कुरा गर्छु । मैले चर्चित हुनका लागि मात्र उपस्तिथिति कायम गरेकी होइनँ । मलाई फलो गर्ने मानिसहरूसँग म साँच्चै सञ्चार, सम्पर्क कायम गर्न चाहन्छु ।

तपाईँ अर्को महिना नेपालबाट फर्कँदै हुनुहुन्छ । मेरो जिज्ञासा – तपाईँ ४० भन्दा बढी जिल्लामा पुगिसक्नुभएको छ । हिमाल, पहाड, तराई सबैतिर पुगिसक्नुभएको छ । तपाईँलाई कुन दृश्यले सबैभन्दा बढी प्रभावित गर्यो ? आफूसँग कस्तो खालको दृश्यको छवि लिएर फर्कनुहुन्छ ?

पहाडी क्षेत्रको छविको पनि मसँग सम्झना छ । एक पटक हामी रोल्पा गएका थियौँ । सुन्दर उपत्यका र हरिया डाँडाकाँडा हुँदै हामीले नागबेली सडकबाट यात्रा गरेका थियौँ । तर त्यहाँका पहाडहरू निकै ठूला र भिराला थिए । त्यस्तो वातावरणमा मानिसलाई जीवनयापन गर्न किन चुनौतीपूर्ण हुँदोरहेछ भन्ने कुरा स्पष्ट देख्न सकिन्थ्यो ।

दृश्यको मात्र ! तर कसरी निर्णय गर्ने रु तराईमा मैले चितवनमा केही समय बिताएकी थिएँ । त्यहाँ हामी राष्ट्रिय प्रकृति संरक्षण कोषसँग गैँडाको गन्ती गर्दै थियौँ । हात्ती चढेका थियौँ । घाँस पलाएर अग्लो-अग्लो भएको थियो । हामी शान्त थियौँ । बिहानको समय थियो । तुँवालो लागेको थियो । त्यो क्षण साँच्चै अविस्मरणीय थियो । बाटो बनाउनलाई हात्तीले सुँढ उचालेर घाँस पन्छाएको दृश्य अझै पनि मेरो आँखामा झल्झली आउँछ । त्यो अनुभव म कहिल्यै पनि बिर्सने छैनँ ।

त्यसैगरी पहाडी क्षेत्रको छविको पनि मसँग सम्झना छ । एक पटक हामी रोल्पा गएका थियौँ । सुन्दर उपत्यका र हरिया डाँडाकाँडा हुँदै हामीले नागबेली सडकबाट यात्रा गरेका थियौँ । तर त्यहाँका पहाडहरू निकै ठूला र भिराला थिए । त्यस्तो वातावरणमा मानिसलाई जीवनयापन गर्न किन चुनौतीपूर्ण हुँदोरहेछ भन्ने कुरा स्पष्ट देख्न सकिन्थ्यो ।

अनि म उच्च हिमाली भेगमा पनि पुगेँ । मलाई सगरमाथासम्म उडेर जाने सौभाग्य मिल्यो । हिमाल त म चढिनँ । तर मैले सगरमाथा देखेँ । आमादब्लम पनि देखेँ । हिमालहरू कति विशाल हुँदारहेछन् भन्ने कुरा मलाई फेरि महसुस भयो । अवश्य पनि यी हिमालहरूले नेपालका लागि विश्व मै विशेष स्थान सिर्जना गरेका छन् । त्यसैले यी विभिन्न छविहरूमध्ये कुनै एक रोज्न गाह्रो छ । तिनीहरू एकदम भिन्न छन् र तिनले फरक-फरक अर्थ राख्छन् । तर म ती सबै छविको सम्झना आफूसँग लिएर जाँदैछु । हेर्नुहोस् त, आजको जमानामा हामी भाग्यमानी छैनौँ त रु आफूलाई मन परेको दृश्य तस्बिरमा कैद गर्न सकिन्छ र मूल्यवान सम्झनाहरूलाई तस्बिरमै साँचेर राख्न  सकिन्छ !

महामहिमलाई आफ्नो समयका लागि धन्यवाद । हामीले तपाईँका सम्झना, भ्रमण र कार्यकालका बारेमा कुराकानी गर्ने मौका पायौँ । आफ्नो नेपाल बसाइलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुभएको छ ?

तपाईँका स्रोताहरूसँग कुराकानी गर्न पाउँदा मलाई सधैँखुशी लाग्छ । झन्डै तीन वर्षको अवधिमा आफ्नो समर्पित टोलीसँग काम गर्दै पछाडि फर्केर हेर्दा लाग्छ – हामीले हाम्रा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सघाएका छौँ । म जति बेला नेपाल आएँ, त्यस बेला भूकम्प गएको धेरै समय भएको थिएन र त्यो समय नेपालका लागि चुनौतीपूर्ण थियो । र, अमेरिका र नेपालबीच सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ पनि मेरै कार्यकालमा पर्यो ।

अनि मलाई लाग्छ –अमेरिकी व्यापार, व्यवसायलाई नेपाल ल्याउने प्रयत्न, यहाँका नागरिकलाई सार्थक प्रतिफल दिने गरी विकास कार्यक्रम कसरी सञ्चायलन गर्ने र हाम्रा अनुदान तथा परियोजनाहरूमार्फत दिगोपन कसरी सुनिश्चिगत गर्ने भन्ने सवालहरूमा हामीले प्रगति गरेका छौँ । मलाई के पनि लाग्छ भने – तपाईँले अघि इङ्गित गरे झैँ मैले यहाँको अर्थतन्त्रमा महिला र समाजका अन्य व्यक्तिहरूको समावेशीकरण जस्ता मुद्दामा प्रोफाइल माथि उचाल्न मद्दत गरेकी छु र मलाई आशा छ त्यस दिशामा समस्या समाधानका केही उपायहरू पनि उत्पन्न भएका छन् ।
 

अन्तिम अपडेट: मंसिर २५, २०७५

गोपाल गुरागाईं

गोपाल गुरागाईं ३५ वर्षदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। उहाँलाई ट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया