दाङमा समन्वय नगरी दिउँसो पसल खोलेपछि भिडभाड

 बैशाख १६, २०७७ मंगलबार १५:५२:५५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - जिल्ला उद्योग वाणिज्य संघले आवश्यक समन्वय बिनै दिउँसो अत्यावश्यक पसलहरु खोल्ने निर्णय गरेपछि घोराही बजार क्षेत्रमा भिडभाड देखिएको छ ।

यस अघि जिल्ला प्रशासनले आईतबार, मंगलबार र शुक्रबार मात्रै बिहान ६ देखि ९ बजे सम्म खाद्यान्न र तरकारी पसल खोल्ने निर्णय गरेको थियो ।
तर दाङ जिल्ला उद्योग वाणिज्य संघले सोमबार विज्ञप्ति निकालेर होम डेलिभरी सेवा बन्द हुने र दिउँसो ११ देखि ३ बजेसम्म अत्यावश्यक पलसहरु खुल्ने निर्णय सार्वजनिक गरेपछि घोराही क्षेत्रमा भिडभाड देखिएको हो ।

सरकारले आउँदो २५ गतेसम्म लकडाउनलाई पूर्ण पालना गराउने र पास विना कुनै पनि गाडी चल्न नदिने जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । हप्तामा तीन दिन बिहान खुल्दै आएका पसलहरु अब दैनिक दिउँसो ४ घण्टा खोल्ने निर्णय भएपछि त्यसको चर्को आलोचना समेत भएको छ ।

दिउँसो पसलहरु खोल्ने विषयमा आफूहरुलाई कुनै जानकारी नभएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । घोराही क्षेत्रमा अहिले बाक्लो मात्रामा प्रहरी परिचालन गरी पसलहरु बन्द गराउने र गाडीहरु नियन्त्रणमा लिने काम भैरहेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया