भारतबाट नेपाल आएका थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

 बैशाख १७, २०७७ बुधबार १३:४६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - थप चार जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण भेटिएको छ ।

काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका र पर्साका दुई दुई जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वरेन्टीनमा रहेका व्यक्ति हुन् । उहाँका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वरेन्टीनमा छन् ।

सङ्क्रमित ३१, ४३, ४६ र ५० वर्षका पुरुष रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

सङ्क्रमितको नजिक रहेकाहरुको कण्ट्याक्ट ट्रेसिङ भइरहेको छ । आज थप चार जनामा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने सङ्क्रमितमध्ये पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया