कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ - गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
गैर आवासीय नेपाली संघ दक्षिण कोरिया, चीन, हङकङ र मकाउले बिहीबार स्वास्थ्य तथा जनसंख्या मान्त्रालयमा पुगेर स्वास्थ्य सामग्री उपलब्ध हस्तान्तरण गरेका हुन् ।
गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको छ । एनआरएनए रुद्र शर्माका अनुसार दक्षिण कोरियामा रहेका नेपालीहरुले यसअघि पनि टेस्टिङ किट, पीपीई लगायतका सामग्री उपलब्ध गराएको थियो ।
बिहीबार फेरि ३ सय १० थान ज्वरो नाप्ने थर्मोमिटर, २ हजार थान फेस सिल्ड, एन९५ मास्क १ हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, ह्याण्ड ग्लोब्स १ हजार थान, पीपीई गाउन २ हजार थान उपलब्ध गराएको शर्माले बताउनुभयो ।
यस्तै एनआरएनए चीनले ह्याण्ड ग्लोब्स ३० हजार थान, डिस्पोजेबल मास्क २० हजार थान एन९५ मास्क १ हजार ४ सय ५० थान उपलब्ध गराएको छ । एनआरएनए मकाउ र हङकङले उपलब्ध गराएको स्वास्थ्य सामग्री पनि छिट्टै सरकारलाई उपलब्ध गराइने शर्माले बताउनुभयो ।
एनआरएनएले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सजिलो बेलाभन्दा अप्ठेरो अवस्थामा साथ दिनेहरु नै भरपर्दो र नजिकको हुने भन्दै सहयोगका लागि धन्यवाद दिनुभयो ।
उहाँले उपलब्ध भएका स्वास्थ्य सामग्रीहरु पारदर्शी रुपमा प्रयोग हुने र त्यसको विवरण हेर्न सकिने समेत बताउनुभयो । एनआरएनए दक्षिण कोरियाले एक व्यक्ति एक टेस्ट अभियानका साथ कोरियामा रहेका नेपाली नागरिकहरुबाट रकम उठाई परीक्षण किट सहयोग गरेको छ ।
यस्तै आउँदो दिनमा पनि अत्यावस्यक स्वास्थ्य सामग्री सहयोग गर्दै जाने एनआरएनएहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।