निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग नेविसङ्घको आग्रह

 वैशाख २१, २०७७ आइतबार १५:४४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ । 

लकडाउनमा विद्यार्थीहरुको पठनपाठन बन्द भएको र विश्वविद्यालय एवं विद्यालयहरुले अनलाइन कक्षा सुरु गरेको अवस्थामा विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेटबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसङ्घले माग गरेको हो । नेविसङ्घले आइतबार टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यालय तथा क्यमम्पसहरुसँग विवरण लिएर निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको हो । 

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विश्व स्वास्थ्य सङ्गठनले कोरोनाले नेपालको शिक्षामा पनि असर पार्ने भएकाले अनलाइन कक्षाको व्यवस्था गर्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने बताउनुभयो ।  

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले निःशुल्क इन्टरनेट उपलब्ध गराउँदा टेलिकमको नेटवर्कमा असर पार्ने भएकाले न्यूनतम शुल्कमा उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो । 

उहाँले नेटवर्क युटिलाइजेसनमा ब्यालेन्स पनि हुने र अनावश्यक दबाब पनि नपर्ने गरी बिहान ५ बजे देखि १० बजेसम्मका लागि सस्तो दरमा इन्टरनेट उपलब्ध गराइएको बताउनुभयो ।

सामुदायिक विद्यालय तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि शिक्षा मन्त्रालय एवं सञ्चार मन्त्रालयसँगको समन्वयनमा अझै केही सहुलियत दिने ठाउँ रहेको प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • शाेबलाल पुरी

    May 3, 2020, 3:53 p.m.

    याे विषम परिस्थितिमा विधार्थीकाे हकहितकाे लागिि अावज वुल्नद गर्ने यस्ता प्रशसानिय काम पाे गर्नु पर्दछ तब अाफ्नाे सामाजिक उत्तरदायित्व पूरा हुन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया