किसानको उत्पादन खरिद–बिक्रीकाे लागि मन्त्रालयले बनायो ‘डिजिटल कृषि बजार’

 वैशाख २२, २०७७ सोमबार ९:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लकडाउनको बेला किसानका उत्पादन बिक्री–वितरणमा समस्या भएको गुनासोपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले डिजिटल कृषि बजार सञ्चालनमा ल्याएको छ ।

लकडाउनको समयमा समेत किसानले उत्पादन गरेका तरकारीलगायतका कृषि उपजहरु बिक्रीको लागि व्यापारिक खरिदकर्ताहरुसँग सम्पर्क गर्न सहज होस् भनेर डिजिटल कृषि बजार (बेटा भर्जन) को सुरुवात गरेकाे मन्त्रालयले जनाएको छ ।

किसानले आफूसँग भएको उत्पादन, मूल्य र परिमाण आफ्नो फोन नम्बरसहित मन्त्रालयको वेबसाइटमा राख्न सक्नेछन् । त्यस्तै खरिदकर्ताले पनि आफूलाई चाहिएको उत्पादन, मूल्य र परिमाण फोन नम्बरसहित वेबसाइटमा राख्नेछन् । त्यसकै आधारमा उनिहरुले सम्पर्क गरेर उत्पादन किनबेच गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बनाएको डिजिटल कृषि बजारको लिङ्क– https://www.moald.gov.np/demand-analysis 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया