असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ - आउँदो शुक्रबार संघीय संसदको बजेट अधिवेशन सुरु हुने भएपछि संघीय सचिवालयले तयारी तीव्र बनाएको छ ।
कोरोना भाइरसको जोखिमको कारण भौतिक दूरी कायम गर्दै बैठक बसाल्नुपर्ने भएपछि हरेक सांसदको कुर्सी एक अर्कासँग नजोडिनेगरी मिलाउन थालिएको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
यस्तै हरेक टेबल स्यानिटाइज गर्ने, माइक र अन्य संरचनाको सरसफाई लगायतका काम तीव्र भएको पनि उहाँले जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभागलाई अनुरोध गरेअनुसार उसले संसद भवनको निरीक्षण गरेर केही सिफारिस गरेको र विभागको सिफारिस अनुसार नै संसद भवनलाई व्यवस्थापन गरिने महासचिव योगीले बताउनुभयो ।
हरेक सांसदको ज्वरो नापेर मात्रै भवन भित्र प्रवेश दिइने, त्यसको लागि थर्मन गन मात्रै नभएर थर्मल मेसिन नै राख्ने तयारी छ । त्यस्तै पीसीआर मेसिन राखेरै कोरोनाको परीक्षणको पनि तयारी थालिएको छ । स्वास्थ्य सेवा विभागको सिफारिस अनुसार एउटा गेटबाट भित्र पस्ने र अर्को गेटबाट बाहिर निस्कने व्यवस्था गर्न लागिएको छ ।
संसद भवनभित्र पस्ने भीआईपीका सुरक्षा गार्ड, ड्राइभर लगायतलाई पनि उच्च सतर्कता अपनाउने गरी नियम बनाउने काम भैरहेको सचिवालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।