दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप घट्दै, अर्को हप्तादेखि विद्यालयहरु खुल्ने

 वैशाख २२, २०७७ सोमबार १८:५२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप घट्दै गएपछि विद्यालय खोल्ने तयारी भएको छ । अर्को हप्तादेखि विद्यालयहरु खोल्ने दक्षिण कोरियाले जनाएको छ ।

मे १३ तारिखदेखि उच्च माध्यामिक र मे २० तारिखदेखि निम्न माध्यामिक स्तरका विद्यालय खुलाउने तयारी भएको शिक्षामन्त्री यो इअन हाएले बताउनु भएको छ । दक्षिण कोरियामा कोरोना भाइरसका कारण झण्डै ५४ लाख विद्यार्थीले गएको अप्रिल ९ तारिखदेखि अनलाइन कक्षा लिइरहेका छन् ।

 दक्षिण कोरियामा १० हजार ८ सय एक जना कोरोना संक्रमितमध्ये दुई सय ५२ जनाको ज्यान गएको छ भने ९ हजार २ सय १७ जना उपचारपछि निको भएका छन्  ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया