अमेरिकाले ब्यालेस्टिक मिसाइलमा संलग्न पाकिस्तानका चार कम्पनीला...
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ - संघीय संसद सचिवालयको महासचिवमा डा। भरतराज गौतम नियुक्त हुनुभएको छ ।
हाल सचिवालयको वरिष्ठ सचिव रहनुभएका गौतमलाई सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महासचिवमा नियुक्त गर्नुभएको हो ।
गौतमले संसद सचिवालयमा २५ वर्ष सेवा गर्नुभएको छ । २०५१ सालमा महान्यायाधिवक्ता कार्यालयमा नायब सुब्बाबाट सरकारी सेवा प्रवेश गर्नुभएका गौतम त्यसै वर्ष संसद सचिवालयमा शाखा अधिकृत हुनुभएको थियो ।
गौतम २०५९ सालमा उपसचिव, २०६३ सालमा सहसचिव र २०७५ साल असारमा सचिव बढुवा हुनुभएको थियो ।
संसद सचिवालयमा रहँदा गौतमले प्रवक्ताको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँले राज्य व्यवस्था समितिको सचिव, पहिलो संविधानसभाको विधायन समिति सचिव, दोस्रो संविधानसभाको नागरिक सम्बन्ध समिति सचिव भएर काम गर्नुभएको छ । उहाँले सचिवालयका विभिन्न महाशाखा र शाखामा रहेर काम गरिसक्नुभएको छ ।
गौतमले संघीय संसद सचिवालयको तर्फबाट प्रादेशिक सभाहरुसँग समन्वय गर्न संयोजक भएर काम गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट प्रशासनिक पुनर्संरचना विषयमा विद्यावारिधि गर्नुभएका गौतमले बीएल, गोल्डमेडलसहित जनप्रशासनमा एमए र प्रशासन तथा सांगठनिक सिद्धान्तमा एमफिल गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।