काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - नेपाली काङ्ग्रेसले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेटबारे निजी क्षेत्रसँग छलफल गरेको छ । सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा काङ्ग्रेसले निजी क्षेत्रका विभिन्न छाता सङ्गठनहरुको नेतृत्वसँग छलफल गरेको हो ।
छलफलमा पार्टी सभापति शेरबहादुर देउवाले उद्योगी व्यवसायीले दिएका सुझावहरुलाई संसद् र सरकारसम्म लैजाने बताउनुभयो । देउवाले लकडाउन सुरु भएपछि सिर्जना भएका व्यवसायीका समस्या र सुझावहरुलाई प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर कार्यान्वयनका लागि दबाब दिने बताउनुभयो ।
कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको कारण उद्योग व्यवसायहरु बन्द भएको र यसले आर्थिक सङ्कट निम्त्याएको बताएका छन् । उनीहरुले लकडाउनको विकल्प खोजिनुपर्ने, उद्योग कलकारखाना सञ्चालन गर्न दिनुपर्ने, बैंक ब्याजदर घटाउनुपर्ने, कर्जाको पुर्नतालिकीकरण गर्नुपर्ने र पर्यटन क्षेत्रलाई विशेष सुविधा दिनुपर्ने विषयमा दबाब दिन काङ्ग्रेसलाई सुझाव दिएका छन् ।
उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रमा पहिला पनि चुनौतिहरु भएको र अहिले लकडाउनले अर्थतन्त्रलाई अझ बढी पछाडि धकेलेको बताउनुभयो । अहिले कोरोना भाइरसको समस्याले पर्यटन क्षेत्र त्यसमा पनि होटल र उड्डयन क्षेत्र सबैभन्दा धेरै प्रभवित भएको र कम्तीमा २ वर्षसम्म असर रहने उहाँले बताउनुभयो ।
रेमिट्यान्समा आउने कमीले शोधानान्तर घाटा बढ्ने र उपभोग घटने हुँदा थप समस्या निम्तिने उहाँको भनाइ छ । अर्थतन्त्रलाई सुधार गर्न र लगानीको वातावरण बनाउन फेरि एकपटक सम्पत्ति अभिलेखीकरणको सुविधा दिनुपर्ने गोल्छाले बताउनुभयो ।
अर्थतन्त्रलाई सुधार गर्न निजी क्षेत्रमा सुधार हुनुपर्ने र त्यसका लागि सरकारले विद्युतमा छुट दिनुपर्ने, पेट्रोलियम पदार्थमा भ्याट क्रेडिट हुनुपर्ने, बैंक कर्जा ५ प्रतिशतमा झार्नुपर्ने, भ्याटको दर १० प्रतिशतमा झार्नुपर्ने, आयकर र कर्पोरेट करमा २० प्रतिशत छुट हुनुपर्नेलगायतका सुविधा सककारले दिनुपर्ने गोल्छाले बताउनुभयो ।
होटल सङ्घ नेपालकी अध्यक्ष सिर्जना राणाले पर्यटन क्षेत्रमा ‘सर्भाइभ र रिभाइभेको लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । देशमा करिब २४ प्रतिशत विदेशी मुद्रा भित्र्याउने पर्यटन क्षेत्र भएको र कोरोना भाइरसको कारण समस्या हुँदा सरकारले विशेष सहयोग गर्नुपर्ने राणाले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको लागि कर्जा तिर्ने समय थप गर्नुपर्ने, ब्याजलाई पुँजीकरण गर्नुपर्ने, कर्जाको पुर्नतालिकीकरण गर्ने व्यवस्था गरेमात्र पर्यटन क्षेत्रको रोजगारीलाई जोगाउन सकिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।