नेकपा स्थायी कमिटी बैठक अनिश्चित, सचिवालय बैठक निष्कर्षविहीन

 वैशाख २४, २०७७ बुधबार १९:९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ । 

बिहीबार बस्ने भनिएको स्थायी कमिटि बैठकका एजेण्डा तयार पार्न बसेको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उज्यालोलाई जानकारी दिनुभयो । सचिवालय बैठकले कुनै निर्णय गर्न नसक्दा बिहीबार बस्ने भनिएको स्थायी कमिटि बैठक समेत अनिश्चित बनेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारको सचिवालय बैठकले कुनै निर्णय नगरेको बताउनुभयो । स्थायी कमिटी बैठकका विषयमा भने दुई अध्यक्ष बसेर कार्यसूची तयार गर्ने वा बैठक नै के गर्ने भन्ने विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो ।

तत्कालका लागि स्थायी कमिटी बैठक नै आवश्यक नरहेकोले बैठक नबस्ने पक्षमा प्रधानमन्त्री ओली हुुनुहुन्छ । यसअघि वैशाख २० गतेको सचिवालय बैठले भोलि बिहीबार स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।

त्यसको अघिल्लो दिन आज बुधबार सचिवालय बैठक बसेर एजेण्डा तय गर्ने भनिए पनि शीर्ष नेताहरुबीच कुरा मिल्न नसकेको हो ।

अध्यादेश प्रकरण लगायत विषयमा बैठकमा विवाद बढेपछि बुधबारको सचिवालय बैठकको बीचमै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली जानकारी गराएर बाहिरिनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठल बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया