गौहत्याको आरोपमा रुपन्देहीमा ३ जना पक्राउ

 बैशाख २५, २०७७ बिहिबार १०:३०:८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - गाई काटेर खाएको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई पक्राउ गरेको छ । देवदह नगरपालिका १० भलुहीबाट उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

स्थानीय ज्ञानबहादुर केसीले पाल्नका लागि रामप्रसाद पराजुलीलाई दिएको गाई र बाच्छी हराएपछि घटना बाहिर आएको हो ।

रामप्रसाद पराजुली, सुकबहादुर परियार र प्रदिप पुनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) भिमलाल भट्टराईले बताउनुभयो । गाई काट्ने र खाने कार्यमा उनीहरूको संलग्नता भेटिएकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।

हराएको गाई र बाच्छी खोज्दै जाँदा रोहिणी सामुदायिक वनमा खाल्डो खनेर एउटामा माउ गाई र अर्को खाडलमा बाच्छीको टाउको , खुट्टा आदि फेला परेको थियो ।

यसैगरी लुम्बिनी साँस्कृतिक नगरपालिका ११ जितवापुर गाउँको पूर्वमा रहेको पोखरीमा अन्यत्र गाई काटेर छाला र आन्द्रा पोको पारेर फालिएको अवस्थामा फेला परेको भन्दै प्रदेश सभा सदस्य फकरुद्दीन खानले अनुसन्धानको लागि प्रदेश सरकारसँग माग गर्नुभएको छ । 

सदस्य खानले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान चलिरहेको बेला लुम्बिनीमा स्थानीयबीचको सामाजिक र धार्मिक सहिष्णुता खलल पार्ने उद्देश्यले घटना भएको हुनसक्ने भएकोले अनुसन्धान गर्न माग गर्नुभएको हो । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • jagbir tamang

    May 7, 2020, 10:58 a.m.

    headline is incorrect, "GAUHATTYA" lol

  •  0 Reply

तपाईको प्रतिक्रिया