१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली ...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ - कोरोना सङ्क्रमणको परीक्षणका लागि संघीय संसद अन्तर्गत ४ सय ४१ जनाको (थ्रोट) स्वाब संलकन गरिएको छ ।
प्रतिनिधिसभाका १ सय ७९ जना सदस्य, रास्ट्रियसभाका ३३ जना सदस्य र कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी जम्मा ४ सय ४१ जनाको स्वाब संकलन गरिएको हो ।
सांसद, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण शुक्रबार बिहान ८ बजे देखि १० बजेसम्म अन्तररास्ट्रिय सम्मेलन केन्द्रमै स्वाब संकलन गरिने छ ।
भोलि दिउँसो बैठक बस्नुअघि नै सबैजनाको परीक्षणको नतिजा आउने संसद् सचिवालयले जनाएको छ । भोलिदेखि सुरु हुने संसद बैठकका लागि सांसदहरुको भौतिक दूरी कायम गर्नेलगायत आवश्यक सुरक्षा सतर्कता अपनाइएको संसद सचिवालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।