सरकारले नागरिकलाई पीडा मात्रै दियो : अध्यक्ष राणा

 साउन १४, २०७५ सोमबार १८:५८:२३ | उज्यालो सहकर्मी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले नागरिकलाई थप पीडा दिने काम मात्रै गरेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष राणाले चर्को मूल्यवृद्धि, कर थोपरेर तीन वटै तहको सरकारले नागरिकलाई थप पीडा दिएपछि सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको स्पष्ट पार्नुभयो ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै २०४७ सालपछिकै शक्तिशाली सरकार बने पनि यसले आफ्नो अस्तित्व रहने गरी दायित्व बहन गर्न नसकेको आरोप लगाउनुभयो ।

अध्यक्ष राणाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको दावी गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आगामी १६ गते बुधबार महंगी नियन्त्रण गर्न माग गर्दै सरकारविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन कार्यक्रम आयोजना गरेको छ ।

अध्यक्ष राणाले महंगी विरोधी पार्टीको त्यो आन्दोलनको कार्यक्रममा सहभागी हुन पनि सबैलाई आह्वान गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया