प्राकृतिक विपदबाट पर्वतमा ३ करोडभन्दा बढीको क्षति

 साउन १४, २०७५ सोमबार १९:४६:७ | सन्तोष थापा
unn.prixa.net

पर्वत – आर्थिक वर्ष २०७४/७५ मा प्राकृतिक विपदबाट पर्वतमा झण्डै चार करोड बराबरको भौतिक क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरी बाढीपहिरो, आगालागी, चट्यान, हावाहुरी असिना जस्ता विपदबाट जिल्लामा अनुमानित तीन करोड ५३ लाख क्षति भएको जनाएको हो ।

विपदमा परि एक वर्षमा सात जनाको ज्यान गएको छ भने १३ जना घाइते र एक बेपत्ता भएका थिए । मानविय तथा भौतिक क्षति भएका परिवारलाई अहिलेसम्म पाँच लाख ६५ हजार रुपैयाँ राहत वितरण गरिएको विपद व्यवस्थापन समितिका संयोजक एवं पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

पर्वतमा गएको वर्ष ५८ विभिन्न प्रकृतिका प्राकृतिक विपदका घटना घटेका थिए । विपद्मा  ३० घर गोठमा पूर्ण क्षति पुगेको छ भने सात घर गोठमा आंशिक क्षति पुगेको र क्षतिबाट तीन सय २६ चौपाय मरेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया