लिपुलेक विवाद : सरकारले भारतीय राजदूतलाई दियाे कुटनीतिक 'नाेट'

 वैशाख २९, २०७७ सोमबार १६:२६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक बनाएकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । 

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यसबारेमा कुटनीतिक नोट दिनुभएको मन्त्रालयले जनाएको छ । 

नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोप्रति नेपाल सरकारले यसअघि नै विज्ञप्ति निकालेर आपत्ति जनाउँदै तत्काल वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरिसकेको छ । तर भारतले भने सडक निर्माण गरेको भूमि भारतकै रहेको दावी गर्दैै कोरोना संक्रमणपछि वार्ता गर्न तयार रहेको धारणा सार्वजनिक गरेको छ ।

 सडक बनाएर भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालभित्र त्यसको चौतर्फी विरोध भइरहेको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Tilak acharya

    May 11, 2020, 4:34 p.m.

    नोट मात्र दिएर हुँदैन ....लिपुलेकमा आर्मी पोष्ट राख्नुपर्यो र भारतले बनाएको साँधलाई भत्काउ /

  •  0 Reply

तपाईको प्रतिक्रिया