भारतले अतिक्रमण गरेर सडक बनाएकाे नेपालकाे भूभाग फिर्ता गर्न परमादेश माग गर्दै रिट दायर

 वैशाख २९, २०७७ सोमबार १८:२६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतले अतिक्रमण गरेर सडक बनाएको नेपालको भूभाग फिर्ता गर्न परमादेश माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजङ्ग केसी र दीपेन्द्र अधिकारीले भारतले अतिक्रमण गरेर सडक बनाएको नेपालको भूभाग फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

रिटमा कुटनीतिक वार्ता र संवाद गरेर आफ्नो भूमि तत्काल फिर्ता ल्याउन सरकारका नाममा परमादेश जारी गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई विपक्षी बनाइ रिट दायर गरिएको अधिवक्ता लोकेन्द्र ओलीले जानकारी दिनुभयो ।

नेपालले कुटनीतिक वार्ता गरेर पनि आफ्नो भूमि फिर्ता ल्याउन नसके अन्तर्राष्ट्रियकरण गर्न पनि रिटमा माग गरिएको छ । दुवै संयुक्त राष्ट्र सङ्घका सदस्य भएकाले र राष्ट्र सङ्घको बडापत्र दुवै देशले पालना गर्नुपर्ने रिटमा माग गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया